२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मेनपावर कम्पनीको पूर्व स्वीकृतिको विज्ञापन श्रमसंसार पोर्टलबाटै हेर्न सकिने

अ+ अ-

काठमाडौँ। अबदेखि मेनपावर कम्पनीहरूले गर्ने पूर्व स्वीकृतिको विज्ञापन श्रमसंसार अनलाइन पोर्टलबाटै हेर्न सकिने भएको छ ।

वैदेशिक रोजगार विभागले मेनपावर कम्पनीले ल्याएका डिमाण्डहरू मागपत्र प्रमाणीकरणपछि पूर्व स्वीकृतिको विज्ञापन श्रमसंसार पोर्टलबाट हेर्न सकिने व्यवस्था मिलाएको हो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रमसंसार अनलाइन पोर्टल सञ्चालनमा ल्याएको हो । माग पत्रहरू त्यसमा राखेपछि सामाजिक सञ्जालमार्फत हुने ठगी नियन्त्रण हुने विभागको विश्वास रहेको छ ।

हाल केही सामाजिक सञ्जालबाट अनधिकृत रूपमा वैदेशिक रोजगारका डिमान्डसम्बन्धी विज्ञापन गरेर भ्रम सिर्जना गर्ने गरेको देखिन्छ ।

विभागले सरकारी संयन्त्रबाट प्रकाशित प्रसारित सूचना यकिन गरेर मात्र वैदेशिक रोजगारीको आवश्यक प्रक्रिया सुरुआत गर्नका लागि यस्तो व्यवस्था गरेको जनाएको छ । सरकारी संयन्त्रको प्रयोग गरेर जानकारी लिएको अवस्थामा सम्भावित ठगीबाट बच्न सकिने विभागले जनाएको छ ।

विभागले वैदेशिक रोजगारीका लागि मेनपावर कम्पनीले विदेशस्थित रोजगारदाताबाट प्राप्त मागपत्र नेपाली राजदूतावासबाट प्रमाणीकरण गरी  विभागबाट पूर्व स्वीकृति लिइसकेपछि माग पत्रको विवरण श्रमसंसार पोर्टलबाट पनि हेर्न मिल्ने गरी व्यवस्था मिलाइएको बताएको छ ।

वैदेशिक रोजगार ऐन अनुसार पूर्व स्वीकृति प्राप्त भएपछि कामदार छनोटका लागि कम्तीमा सात दिनको अवधि दिएर नेपाली भाषाको कुनै राष्ट्रिय स्तरको दैनिक पत्रिका र आफ्नो वेबसाइटमा विज्ञापन प्रकाशन गर्नुपर्ने व्यवस्था छ ।

मेन पावरले माग गरेअनुसार विभागले पूर्व स्वीकृति प्रदान गरेपछि त्यसको लिंक स्वचालित रूपमा श्रमसंसार पोर्टलमा जानेछ । श्रम संसारलाई नागरिक एपमा समेत आबद्ध गराएको छ ।