काठमाडौँ । रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने भेट्न पत्नी निकिता पौडेल नख्खु कारागार पुगेकी छन् । आज तीजको व्रत बसेकी निकिता फलफूल बोकेर पतिको आशीर्वाद लिन जेल गएकी हुन् ।
निकिताले हिजोमात्र रविलाई जमानतमा छोड्नुपर्ने माग लिएर उच्च अदालतको ढोका ढक्ढकाएकी थिइन् । रविलाई बिगो ताक्न र त्यस बराबरको बैंक जमानत लिएर जेलबाहिरबाट मुद्दा लड्न दिन उनको माग छ ।
सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले आफ्नो श्रीमान् जेलभित्र सुरक्षित नरहेको बताएकी छन् ।







