२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ओलीको सचिवालय प्रमुखमा निरुदेवी पाल, संगठनात्मक जिम्मेवारी पनि विस्तार

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको सचिवालय प्रमुखको जिम्मेवारी पार्टीकी केन्द्रीय सदस्य निरुदेवी पाललाई तोकिएको छ। उक्त नियुक्तिलाई आज बस्ने पार्टी सचिवालय बैठकले औपचारिक रूपमा अनुमोदन गर्ने तयारी गरिएको छ।

पार्टी केन्द्रीय कार्यालय स्रोतका अनुसार आजको बैठकमा संगठनात्मक पुन:संरचनासम्बन्धी विषयहरू पनि अघि बढाइने छन्। यसअन्तर्गत आठ प्रदेश, ७७ जिल्ला, चार गैरभौगोलिक जिल्ला तथा प्रवासमा रहेका विभिन्न कमिटीका इञ्चार्जहरूको जिम्मेवारीसमेत तोकिने तयारी रहेको छ।

त्यस्तै, देशभरका ७५३ स्थानीय तहमा पार्टीका तर्फबाट केन्द्रीय सदस्य स्तरका प्रतिनिधि इञ्चार्ज तोकिने व्यवस्था मिलाइने भएको छ। आवश्यक संख्यामा केन्द्रीय सदस्य उपलब्ध नभएका स्थानमा प्रदेश कमिटी तहका नेताहरूलाई जिम्मेवारी दिइने जनाइएको छ।

सचिवालय प्रमुखको रूपमा पालले पार्टी अध्यक्षको दैनिक सचिवालय व्यवस्थापन, उच्चस्तरीय भेटघाटको समन्वय तथा राजनीतिक संवादका कामको संयोजन गर्ने बताइएको छ। यसअघि स्वकीय सचिवका रूपमा रहेका राजेश बज्राचार्य र दीपेन्द्र दाहालले सचिवालयका आन्तरिक कामहरू सम्हाल्ने जिम्मेवारी यथावत् रहने जनाइएको छ।

पार्टी स्रोतका अनुसार अध्यक्ष ओली हाल स्वास्थ्य कारणले भक्तपुरको गुण्डुस्थित निवासबाटै सचिवालय सञ्चालन भइरहेको अवस्था छ। स्वास्थ्य अवस्था सहज भएपछि सचिवालय पुनः पार्टी केन्द्रीय कार्यालयबाट सञ्चालन गरिने योजना रहेको बताइएको छ।

निरुदेवी पाल हाल दोस्रो कार्यकालका लागि एमाले केन्द्रीय सदस्यको भूमिकामा छन्। उनी ११औँ महाधिवेशनमा खुला महिला समूहबाट १८८८ मतसहित निर्वाचित भएकी थिइन्। २०७९ को प्रतिनिधिसभा निर्वाचनमा उनी कञ्चनपुर क्षेत्रबाट उम्मेदवार समेत बनेकी थिइन्।

0 Comments