१० श्रावण २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नगर प्रहरी पक्राउप्रति गौशाला नगरपालिकाको आपत्ति, सेवा प्रवाह प्रभावित हुने चेतावनी

अ+ अ-

महोत्तरी । गौशाला नगरपालिकाले आफ्नो कार्यालय परिसरबाट खटिएका आठ जना राष्ट्रसेवक नगर प्रहरीलाई बिना सूचना नेपाल प्रहरीको टोलीले कार्यालयमै प्रवेश गरी धरपकड शैलीमा हिरासतमा लिएको घटनाप्रति गम्भीर आपत्ति जनाएको छ। नगरपालिकाले उक्त घटनाले कर्मचारीहरूमा त्रास सिर्जना गर्नुका साथै स्थानीय सरकारको संवैधानिक अधिकार र नियमित सेवा प्रवाहमाथि गम्भीर प्रश्न उठाएको जनाएको छ।

शुक्रबार जारी विज्ञप्तिमा नगरपालिकाले स्थानीय सरकारलाई कानुनबमोजिम प्राप्त कार्यसम्पादनको अधिकार क्षेत्रभित्र खटिएका नगर प्रहरीलाई अर्को तहको सरकारले यसरी नियन्त्रणमा लिनु संघीय शासन प्रणालीको मर्मविपरीत भएको उल्लेख गरेको छ। यस प्रकारका गतिविधिले नगरपालिकामा कार्यरत कर्मचारी असुरक्षित र अस्थिर महसुस गर्न बाध्य भएको विज्ञप्तिमा उल्लेख छ।

नगरपालिकाले हिरासतमा रहेका नगर प्रहरीलाई अविलम्ब रिहा गर्न माग गर्दै उनीहरू र नगरपालिकाका कर्मचारीको सुरक्षाको प्रत्याभूति गर्न सम्बन्धित निकायसँग आग्रह गरेको छ। नगर प्रहरी र कर्मचारीको सुरक्षा सुनिश्चित नभएसम्म नगरपालिकाले नियमित सेवा प्रवाह गर्न नसक्ने चेतावनीसमेत दिएको छ।

विज्ञप्तिअनुसार नगर प्रहरी र कर्मचारीको सुरक्षाको प्रत्याभूति नभएसम्म नगरपालिकाअन्तर्गतका वडा कार्यालय, स्वास्थ्य संस्था, विद्यालय तथा अन्य कार्यालयमा कार्यरत राष्ट्रसेवक कर्मचारीबाट प्रदान गरिने सेवा प्रभावित हुने जनाइएको छ।

घटनाबारे थप विवरण सार्वजनिक नगरिए पनि नगरपालिकाले यस विषयमा सम्बन्धित निकायले आवश्यक पहल गरी समस्या समाधान गर्नुपर्ने आवश्यकता औँल्याएको छ।

नगरपालिकाको उक्त विज्ञप्तिमा नगरपालिकाका कर्मचारी तथा जनप्रतिनिधिहरूले हस्ताक्षर गर्दै नगर प्रहरीको रिहाइ र कर्मचारी सुरक्षाको मागमा ऐक्यबद्धता जनाएका छन्।

0 Comments