२५ असार २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वैदेशिक रोजगार क्षेत्रमा अनुगमन र कारबाही तीव्र, एकै दिन १८ मुद्दा दर्ता

अ+ अ-

काठमाडौँ । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीसँग सम्बन्धित कानुनी कारबाही, संस्था व्यवस्थापन तथा सेवाग्राहीका गुनासा सम्बोधनका क्षेत्रमा सक्रियता बढाएको छ। विभागको २०८३ असार २४ गतेको कार्यप्रगति विवरणअनुसार सो दिन विभिन्न शीर्षकमा उल्लेखनीय काम भएको जनाइएको छ।

विभागको मुद्दा तथा अनुसन्धान शाखाले एकै दिन १८ वटा नयाँ मुद्दा दर्ता गरेको छ। अनुसन्धान तथा कानुनी प्रक्रियाअन्तर्गत ११ वटा मुद्दामा आपसी सहमति (मिलापत्र) गरिएको विभागले जनाएको छ। यस क्रममा ५ जनालाई नियन्त्रणमा लिई उपस्थित गराइएको छ भने १३ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ। थप १६ जनाका सम्बन्धमा पक्राउ अनुमति लिइएको विभागको विवरणमा उल्लेख छ।

संस्थागत व्यवस्थापनतर्फ संस्था दर्ता शाखाले उक्त दिन ५२ वटा म्यानपावर कम्पनीको नवीकरण गरेको छ। साथै, वैदेशिक रोजगारपूर्व अभिमुखीकरण तालिम सञ्चालन गर्ने ९ वटा संस्थाको समेत नवीकरण गरिएको विभागले जनाएको छ।

विभागको संस्था अनुगमन शाखाले अनुगमन तथा समन्वयसम्बन्धी कार्यलाई पनि निरन्तरता दिएको छ। सो क्रममा दुई वटा राहदानी वितरण गरिएको, एउटा म्यानपावर कम्पनीलाई आवश्यक पत्राचार गरिएको र तीन वटा उजुरी निवेदन प्राप्त भएको विवरणमा उल्लेख छ। प्राप्त उजुरीमध्ये एउटामा मिलापत्र गरिएको तथा छ वटा उजुरी टेलिफोन सम्पर्कमार्फत समाधान गरिएको विभागले जनाएको छ।

सेवाग्राहीका गुनासा सम्बोधनतर्फ पनि विभागले सक्रियता देखाएको छ। ‘हेलो सरकार’ प्रणालीमार्फत आएका सात वटा गुनासामध्ये चार वटा समाधान गरिएका छन् भने तीन वटा प्रक्रियामा रहेका छन्।

त्यसैगरी विभागको कल सेन्टरमा प्राप्त ७१ वटा गुनासा सोही दिन समाधान गरिएको र मन्त्रालयमार्फत आएका १० वटा गुनासाका विषयमा पत्राचार गरी सम्बन्धित सेवाग्राहीलाई जानकारी गराइएको विभागले जनाएको छ।

विभागले वैदेशिक रोजगार क्षेत्रलाई व्यवस्थित, सुरक्षित र उत्तरदायी बनाउन कानुनी कारबाही, अनुगमन तथा गुनासा व्यवस्थापनका कार्यलाई प्राथमिकताका साथ अघि बढाइरहेको जनाएको छ।

Leave a Reply