काठमाडौँ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ६ जना उपसचिवसहित विभिन्न तहका कर्मचारीको सरुवा गरेको छ।
मन्त्रालयले तीन जना प्रमुख प्रशासकीय अधिकृतसहित ६ जना उपसचिव, दुई शाखा अधिकृत र दुई इन्जिनियर गरी चार जना अधिकृत, २२ जना नायब सुब्बा (नासु) रकम्प्युटर अपरेटर तथा सात जना खरिदारको सरुवा गरेको हो।
सबैतहका गरी ३९ जना कर्मचारीको सरुवा गरिएको मन्त्रालयले जनाएको छ । पछिल्लो समय कर्मचारीहरुको सरुवा क्रम जारी छ ।







