२९ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सञ्चारगृह अगाडि शंकास्पद सवारी राखिएको घटनाप्रति एमालेको आपत्ति

अ+ अ-

काठमाडौँ । सञ्चार माध्यमका कार्यालय प्रवेश क्षेत्रमा शंकास्पद रूपमा सवारी साधन राखिएको घटनाप्रति नेकपा एमालेले आपत्ति जनाएको छ ।

एमाले प्रचार विभाग प्रमुख निरज आचार्यले प्रेस विज्ञप्तिमार्फत अनलाइनखबर, हिमालय टेलिभिजन र कान्तिपुर पब्लिकेसन्सका कार्यालय अगाडि देखिएको अवस्थाप्रति असन्तुष्टि व्यक्त गरेका हुन् ।

उनले सञ्चारकर्मीको आवतजावतमा अवरोध पुर्‍याउने उद्देश्यले कार्यालयको प्रवेशद्वारमा सवारी साधन राखिनु लोकतान्त्रिक मूल्य र प्रेस स्वतन्त्रताको मर्म विपरीत भएको उल्लेख गरेका छन् ।

आचार्यले स्वतन्त्र रूपमा सूचना संकलन तथा सम्प्रेषण गर्ने संवैधानिक अधिकारको संरक्षण गर्नु राज्यको दायित्व भएको बताएका छन् । सञ्चार संस्थालाई असुरक्षित बनाउने वा पत्रकारको काममा बाधा पुर्‍याउने कुनै पनि गतिविधि स्वीकार्य नहुने उनको भनाइ छ ।

एमालेले सञ्चार क्षेत्रलाई त्रसित बनाउने प्रयासको विरोध गर्दै घटनाको छानबिन र सञ्चारकर्मीले निर्भय रूपमा काम गर्ने वातावरण सुनिश्चित गर्नुपर्नेमा जोड दिएको छ ।

पार्टीले सञ्चारगृह र पत्रकारलाई दबाब वा भयको वातावरण सिर्जना गर्ने उद्देश्यका गतिविधि निन्दनीय रहेको जनाएको छ ।

0 Comments