३० असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लामो समय अनुपस्थित सहसचिवलाई सेवाबाट हटाउन कारबाही सिफारिस

अ+ अ-

काठमाडौँ । लामो समयदेखि कार्यालयको सम्पर्कमा नरहेका एक सहसचिवमाथि सरकारी सेवाबाट हटाउने गरी कारबाही अघि बढाउन सिफारिस गरिएको छ।

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निजामती सेवा कानुनअनुसार प्रक्रिया अगाडि बढाएको हो।

सम्बन्धित सहसचिव ९० दिनभन्दा बढी समयदेखि कार्यालयमा अनुपस्थित रहेको र मन्त्रालयको सम्पर्क प्रयासका बाबजुद कुनै जानकारी प्राप्त हुन नसकेपछि कारबाहीको आधार तयार गरिएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार ती कर्मचारी २०८२ माघ ११ गतेदेखि नियमित सेवामा उपस्थित भएका छैनन्। कार्यालयमा अनुपस्थित हुनुको कारणबारे कुनै जानकारी नदिएको तथा विभिन्न माध्यमबाट सम्पर्क गर्दा समेत सम्पर्कमा नआएपछि निजामती सेवा ऐन, २०४९ बमोजिम सेवाबाट हटाउने प्रक्रिया अघि बढाउनुपर्ने अवस्था देखिएको हो।

कारबाही सिफारिससँगै सम्बन्धित कर्मचारीलाई आफ्नो पक्ष राख्ने अवसरसमेत दिइएको छ। मन्त्रालयले १५ दिनभित्र अनुपस्थित रहनुको कारण, आधार र प्रमाणसहित सफाइ पेस गर्न निर्देशन दिएको छ। तोकिएको अवधिभित्र चित्तबुझ्दो जवाफ प्राप्त नभएमा प्रचलित कानुनअनुसार थप निर्णय गरिने जनाइएको छ।

मन्त्रालयले लामो समयदेखि कार्यालयमा नआएका, विदेशमा रहेका वा प्रशासनिक सम्पर्कबाट बाहिर रहेका कर्मचारीहरूको अवस्थाबारे समेत अध्ययन गरिरहेको जनाएको छ। सार्वजनिक प्रशासनमा जिम्मेवारी र अनुशासन कायम गर्ने उद्देश्यले यस्ता अवस्थाको पहिचान तथा आवश्यक प्रक्रिया अघि बढाइएको मन्त्रालयको भनाइ छ।

0 Comments