३१ असार २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सीमा अभिव्यक्तिबारे प्रधानमन्त्रीको स्पष्ट जवाफ माग्दै विपक्षीको विरोध जारी रहने

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल-भारत सीमा सम्बन्धी दिएको अभिव्यक्तिबारे संसदमा स्पष्ट धारणा नराखेसम्म विपक्षी दलहरूले विरोध जारी राख्ने बताएका छन्।

नेपाली कम्युनिस्ट पार्टीका सांसद महेन्द्रबहादुर शाहीले प्रतिनिधि सभाको बैठकमा बोल्दै सीमा विवादसँग सम्बन्धित विषयमा सरकारले आधिकारिक धारणा सार्वजनिक गर्नुपर्ने माग गरेका हुन्।

उनले प्रधानमन्त्री शाहको अभिव्यक्तिबारे संसदमा जवाफ दिनुपर्ने उल्लेख गर्दै जवाफ नआएसम्म विपक्षीको असहमति कायम रहने जानकारी गराए।

प्रधानमन्त्री शाहले गत जेठ १७ गते प्रतिनिधि सभामा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा नेपाल र भारतबीचको सीमासम्बन्धी विषयमा टिप्पणी गरेका थिए। उनले प्रधानमन्त्री बनेपछि मात्रै आफूले नेपालले अन्यत्रको भूमि अतिक्रमण गरेको विषयसमेत जानकारी पाएको आशय व्यक्त गरेका थिए।

प्रधानमन्त्रीको उक्त भनाइपछि विपक्षी दलहरूले निरन्तर आपत्ति जनाउँदै आएका छन्। उनीहरूले अभिव्यक्तिको आधारमा तथ्य सार्वजनिक गर्न वा त्यसप्रति क्षमा माग्नुपर्ने माग गर्दै आएका छन्।

सांसद शाहीले पनि सरकारबाट यस विषयमा स्पष्ट जवाफ नआएसम्म संसद्मा उठाइएको विरोधको कार्यक्रम जारी रहने बताएका हुन्।

0 Comments