१८ श्रावण २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शिक्षामन्त्री पोखरेलसँग मंगोलियाका पूर्वप्रधानमन्त्री जान्दानशातारको शिष्टाचार भेटवार्ता

अ+ अ-

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलसँग मंगोलियाका पूर्व प्रधानमन्त्री तथा मंगोलियन चेस फेडेरेशनका अध्यक्ष गोम्बोजाभिन जान्दानशातारले आज शिष्टाचार भेटवार्ता गरेका छन् ।

सिंहदरबारस्थित शिक्षा तथा खेलकुद मन्त्रालयमा भएको भेटमा नेपाल र मंगोलियाबीचको लामो कूटनीतिक सम्बन्धको स्मरण गर्दै द्विपक्षीय सम्बन्ध, साझा हित तथा बहु आयामिक सहकार्यलाई अझ सुदृढ बनाउने विषयमा छलफल भएको थियो । साथै, विद्यालय शिक्षामा विशेषगरी चेस खेलको प्रवर्द्धन तथा भविष्यमा खेलकुदका क्षेत्रमा गर्न सकिने सहकार्यका विषयमा विचार विमर्श भएको थियो ।

भेटका क्रममा मन्त्री पोखरेलले नेपाल र मंगोलियाबीचको लामो समयदेखिको मैत्रीपूर्ण सम्बन्ध, समान भौगोलिक अवस्था तथा सांस्कृतिक निकटताबारे उल्लेख गर्दै आगामी दिनमा दुई देशबीचको बहु आयामिक सम्बन्ध अझ प्रगाढ हुने विश्वास व्यक्त गरे ।

उनले शिक्षा तथा खेलकुदका क्षेत्रमा, विशेषगरी चेस खेलको प्रवर्द्धनका लागि, मंगोलियन सरकार तथा मंगोलियन चेस फेडेरेशनसँग सहकार्य गर्न नेपाल इच्छुक रहेको बताए । नेपाल विद्यालय शिक्षामै खेलकुदलाई प्रभावकारी रूपमा समायोजन गर्दै अघि बढिरहेको उल्लेख गर्दै उनले यस दिशामा मन्त्रालय सकारात्मक रहेको जानकारी दिए । साथै, नेपाल चेस महासंघ र मंगोलियन चेस फेडेरेशनबीच सहकार्यको वातावरण निर्माण गर्न मन्त्रालयले आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।

पूर्व प्रधानमन्त्री जान्दानशातारले नेपाल र मंगोलियाबीचको लामो कूटनीतिक सम्बन्ध, समान भौगोलिक अवस्था तथा सांस्कृतिक विशेषताबारे चर्चा गर्दै दुवै देश भूपरिवेष्ठित राष्ट्र भएकाले धेरै साझा अनुभव र सम्भावना रहेको उल्लेख गरे।

उनले चेस केवल खेल मात्र नभई शिक्षाको प्रभावकारी माध्यम भएको उल्लेख गर्दै मंगोलियाले दक्षिण एसियाका विभिन्न देश तथा विश्वका अन्य मुलुकसँग सहकार्य गरी विद्यालय शिक्षामै चेसलाई समायोजन गर्ने कार्य लामो समयदेखि गर्दै आएको जानकारी दिए। साथै, उक्त अनुभव नेपालसँग पनि आदानप्रदान गर्न तथा शिक्षा तथा खेलकुद मन्त्रालयसँग सहकार्य गर्न मंगोलिया पूर्ण रूपमा तयार रहेको बताए ।

जान्दानशातारले चेसले विद्यार्थीमा समालोचनात्मक सोच, विश्लेषणात्मक क्षमता, निर्णय गर्ने सीप, समस्या समाधान गर्ने दक्षता तथा बौद्धिक विकास अभिवृद्धि गर्न महत्त्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गरे ।

उनले मंगोलियामा विद्यालय शिक्षामै चेसलाई एकीकृत गरी सफलतापूर्वक कार्यान्वयन गरिएको अनुभव साझा गर्दै नेपाल चेस महासंघसँग सहकार्य गरी नेपालको विद्यालय शिक्षामा पनि चेसलाई प्रवर्द्धन गर्न मंगोलियन सरकार तथा मंगोलियन चेस फेडेरेशन आवश्यक सहयोग र सहकार्य गर्न तत्पर रहेको पुनः प्रतिबद्धता व्यक्त गरे ।

0 Comments