१८ श्रावण २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

करदाता प्रोत्साहन कार्यक्रममा १५ दिनमै करिब ११ लाख कारोबार योग्य, बिल अपलोड गर्न विभागको आग्रह

अ+ अ-

काठमाडौँ । करदाता प्रोत्साहन उपहार कार्यक्रममा सहभागी हुन योग्य कारोबारको संख्या पहिलो १५ दिनमै करिब ११ लाख पुगेको छ। आन्तरिक राजस्व विभागले उपहार घोषणा अघि नगद कारोबारका भौतिक बिलसमेत प्रणालीमा प्रविष्ट गर्न उपभोक्तासँग आग्रह गरेको छ।

विभागका अनुसार सोमबार मध्याह्न १२ बजेसम्म उपहार कार्यक्रममा समावेश हुन योग्य कारोबार तथा बिलको कुल संख्या १० लाख ८२ हजार ६२२ पुगेको छ। यसमा क्यूआरमार्फत भएका कारोबार र नगद खरिदपछि अपलोड गरिएका भौतिक बिल दुवै समावेश छन्।

विभागका सूचना अधिकारी केशव रघुवंशीका अनुसार साउन १ देखि १५ गतेसम्म क्यूआरमार्फत गरिएका १० लाख ७४ हजार ७९६ कारोबार उपहार कार्यक्रमका लागि योग्य ठहरिएका छन्। यस्तै, नगद कारोबारपछि प्राप्त भौतिक बिल अपलोड गर्ने सुविधा सञ्चालनमा आएपछि ३ हजार ४२७ वटा बिल प्रणालीमा दर्ता भइसकेका छन्।

उपहार घोषणा नभएसम्म नगद कारोबारका भौतिक बिल अपलोड गर्न सकिने भएकाले योग्य कारोबारको संख्या अझै बढ्ने विभागको अनुमान छ।

विभागले पहिलो चरणको उपहार घोषणा साउन १६ गते गर्ने तयारी गरेको भए पनि प्राविधिक तयारी पूरा नभएका कारण प्रक्रिया केही पछि सरेको जनाएको छ।

पहिलो १५ दिनको अवधिका लागि १५ जना उपभोक्तालाई दैनिक एक–एक लाख रुपैयाँ तथा एक जनालाई १० लाख रुपैयाँ बम्पर पुरस्कार प्रदान गर्ने तयारी रहेको विभागले जनाएको छ।

उपहार घोषणा अघि नगद खरिदका बिल प्रणालीमा दर्ता गराउन विभागले उपभोक्तालाई अनुरोध गरेको छ। यसका लागि विभागले शनिबारदेखि करदाता प्रोत्साहन पोर्टल सञ्चालनमा ल्याएको छ।

चालु आर्थिक वर्षको बजेटमार्फत घोषणा गरिएको करदाता प्रोत्साहन कार्यक्रमअन्तर्गत एक सय रुपैयाँ वा सोभन्दा बढी मूल्यका वस्तु तथा सेवा खरिद गर्ने उपभोक्ता कार्यक्रममा सहभागी हुन सक्ने व्यवस्था छ।

कार्यक्रमअनुसार सरकारले दैनिक एक जना उपभोक्तालाई कर कट्टीपश्चात् एक लाख रुपैयाँ तथा प्रत्येक १५ दिनमा एक जनालाई १० लाख रुपैयाँको बम्पर पुरस्कार प्रदान गर्ने व्यवस्था गरेको छ। बम्पर पुरस्कारको रकममा प्रचलित कानुनअनुसार कर कट्टी हुने विभागले जनाएको छ।

0 Comments