१९ श्रावण २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मृतक रवीन्द्र मेहताका परिवारसँग सरकारको वार्ता सकारात्मक, भोली थप छलफल हुने

अ+ अ-

काठमाडौँ । सुनसरीको देवानगञ्ज गाउँपालिका-३, कप्तानगञ्ज घटनामा उपचारका क्रममा मृत्यु भएका रवीन्द्र मेहताका परिवार र सरकारबीच भएको संवाद सकारात्मक दिशातर्फ अघि बढेको छ। दुवै पक्षबीचको छलफलपछि शव परीक्षणको प्रक्रिया अघि बढाउने वातावरण बनेको जनाइएको छ।

गृहमन्त्री सुधन गुरुङको उपस्थितिमा मंगलबार महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भएको छलफलमा सरकारले मृतकका परिवारले उठाएका मागप्रति गम्भीर रहेको जनाउँदै आवश्यक सम्बोधन गर्न प्रतिबद्धता व्यक्त गरेको गृहमन्त्रीको सचिवालयले जनाएको छ।

छलफलका क्रममा गृहमन्त्री गुरुङले घटनाप्रति दुःख व्यक्त गर्दै पीडित परिवारलाई आवश्यक सहयोग तथा राहत उपलब्ध गराउन सरकार तयार रहेको बताएका थिए।

वार्तामा सहभागी परिवारका प्रतिनिधिहरूले भने मृतकका बाबुआमासँग परामर्श गरेपछि मात्रै अन्तिम निर्णय लिने जानकारी दिएका छन्। यससँगै दुवै पक्षबीच बुधबार पुनः छलफल गरी सहमतिलाई अन्तिम रूप दिने तयारी रहेको गृहमन्त्रीको सचिवालयले जनाएको छ।

यसअघि शव नबुझ्ने अडानमा रहेको परिवारसँग भएको पछिल्लो संवादपछि वार्ता सकारात्मक मोडमा पुगेको र शव परीक्षणको प्रक्रिया अघि बढाउने विषयमा सहमति जुट्ने संकेत देखिएको सरकारी पक्षको भनाइ छ।

२२ वर्षीय रवीन्द्र मेहता साउन १० गते राति सुनसरीको कप्तानगञ्जमा भएको घटनामा घाइते भएका थिए। उपचारका क्रममा मंगलबार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उनको मृत्यु भएको हो।

0 Comments