काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह र अर्थमन्त्री डा. स्वर्णिम वाग्लेबीच चालु आर्थिक वर्षका लागि मन्त्रालयबाट अघि बढाइने प्राथमिक कार्यक्रम तथा अपेक्षित नतिजालाई केन्द्रमा राखेर कार्यसम्पादन सम्झौता भएको छ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आयोजित कार्यक्रममा दुवैबीच सम्झौतामा हस्ताक्षर भएको हो। हस्ताक्षरपछि सम्झौता पत्रका प्रति एक अर्कालाई हस्तान्तरण गरिएको थियो।
सरकारका प्रमुख प्राथमिकतामध्ये सुशासन, सामाजिक न्याय र समृद्धिको लक्ष्यलाई कार्यान्वयन तहमा प्रभावकारी बनाउने विषयलाई सम्झौतामा समेटिएको छ।
अर्थ मन्त्रालयले चालु आर्थिक वर्षमा सम्पादन गर्ने कामलाई स्पष्ट लक्ष्य र उपलब्धिसँग जोडेर अघि बढाउन प्रधानमन्त्री र अर्थमन्त्रीबीच भएको यो सम्झौतालाई नतिजामुखी कार्यसम्पादनको आधारका रूपमा लिइएको छ।






