१२ भाद्र २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह

अ+ अ-

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले रसुवालगायत भोटेकोशी नदी आसपासका क्षेत्रमा बाढी तथा पहिरोबाट प्रभावित नागरिकको तत्काल उद्धार, राहत तथा पुन:स्थापनामा जुट्न आग्रह गरेकी छन् । 

पूर्वराष्ट्रपति भण्डारीले प्राकृतिक विपद्का कारण जनधनको क्षति भएकोप्रति दुःख व्यक्त गर्दै विपद्मा परेका नागरिकको उद्धारलाई पहिलो प्राथमिकतामा राख्न सरकार, सुरक्षा निकाय, स्थानीय तह, राजनीतिक दल, सामाजिक संघसंस्था तथा आमनागरिकलाई आग्रह गरेकी हुन् ।

पूर्वराष्ट्रपति भण्डारीले प्रभावित क्षेत्रमा खाद्यान्न, स्वास्थ्य सेवा, अस्थायी आवासलगायत अत्यावश्यक राहत सामग्री तत्काल पुर्‍याउन तथा जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएकी छन् । 

 उनले विपद्को यस कठिन घडीमा प्रभावित परिवारलाई आवश्यक सहयोग उपलब्ध गराउन सबैपक्ष एकजुट भएर मानवीय सेवामा जुट्नुपर्नेमा जोड दिएकी छन् । साथै बेपत्ता नागरिकको खोजी तथा उद्धारलाई प्रभावकारी बनाउन सम्बन्धित निकायबीच थप समन्वय आवश्यक रहेको पूर्वराष्ट्रपति भण्डारीले बताइन् । उनले विपद्मा परेर ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा समवेदना व्यक्त गरेकी छन् । 

0 Comments