१३ भाद्र २०८३, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कडा चट्टान नभेटिए आजै त्रिशूली-३ ए को सुरुङको मुख भेटिने अनुमान, सेना र विज्ञ टोली परिचालित

त्रिशूली–३ ए को सुरुङभित्र करिब ४५ जना रहेको प्रारम्भिक विवरण आएको छ। सेना, विद्युत प्राधिकरण र विज्ञ टोलीले पहुँचको काम गरिरहेका छन्। कडा चट्टान नभेटिए आजै सुरुङको मुख भेटिने अनुमान छ।

अ+ अ-

काठमाडौँ । त्रिशूली–३ ए जलविद्युत आयोजनाको सुरुङभित्र करिब ४५ जना रहेको प्रारम्भिक जानकारी प्राप्त भएको छ। उनीहरू रहेको सुरुङसम्म पहुँच स्थापित गर्न नेपाली सेना, नेपाल विद्युत प्राधिकरण र विज्ञ टोलीले सुरुङको मुखसम्म पुग्ने काम गरिरहेका छन्।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयकी सचिव सरिता दवाडीले प्रशासन डटकमसँगको कुराकानीमा सुरुङभित्र रहेकाहरूको यकिन सङ्ख्या भने अझै पुष्टि भइनसकेको बताइन्। प्राप्त विवरणअनुसार करिब ४५ जना रहेको तर ठ्याक्कै ४५ वा ४६ जना भन्ने यकिन हुन बाँकी रहेको उनको भनाइ छ।

कडा चट्टान नभेटिए आजै मुखसम्म पुग्ने अनुमान
सचिव दवाडीका अनुसार सुरुङको मुखसम्म पुग्न अवरोध हटाउँदै खन्ने काम भइरहेको छ। प्रारम्भिक अनुमानअनुसार टोली सुरुङको मुख नजिक पुगिसकेको छ।

अहिले खनिरहेको भागमा नरम प्रकृतिको माटो रहेमा काम छिटो अघि बढ्ने र आज बेलुकासम्म सुरुङको मुख भेटिन सक्ने स्थलगत विज्ञ टोलीको अनुमान छ। तर, कडा चट्टान भेटिएमा थप उपकरण र प्राविधिक उपाय प्रयोग गर्नुपर्ने हुन सक्ने उनले बताइन्।

‘अब दुई–तीन घण्टा बेलुकासम्म हामीलाई काम गर्ने समय छ। दुई–तीन घण्टामा तल सुरुङको मुख भेटिन्छ कि भन्ने त्यहाँको विज्ञ टोलीको अनुमान छ,’ दवाडीले प्रशासनसँग भनिन्।

सेना, प्राधिकरण र विज्ञ टोली परिचालित
सुरुङसम्म पुग्ने काममा नेपाली सेनाका विज्ञ, नेपाल विद्युत प्राधिकरणका प्राविधिक तथा अन्य विशेषज्ञ टोली सहभागी छन्।

दवाडीका अनुसार उक्त स्थान संवेदनशील भएकाले जनशक्ति धेरै परिचालन गर्नुभन्दा विज्ञ टोलीमार्फत सुरक्षित र प्रभावकारी रूपमा काम अघि बढाउनुपर्ने अवस्था छ।

‘विज्ञ टोलीबाट प्रभावकारी रूपमा काम गर्नुपर्ने हुन्छ। ठाउँ संवेदनशील छ, त्यसलाई पनि विचार गर्नुपर्ने हुन्छ,’ उनले भनिन्। स्थलगत रूपमा सेना, प्राधिकरण र सम्बन्धित प्राविधिक टोलीबीच समन्वय गरेर काम भइरहेको छ।

मौसम अनुकूल, काम निरन्तर
हालको मौसमले काममा उल्लेख्य अवरोध नगरेको सचिव दवाडीले बताइन्। केही हावाहुरी चल्ने अवस्था देखिए पनि काम रोक्नुपर्ने परिस्थिति नरहेको उनको भनाइ छ।

सुरुङको मुखसम्म पुग्ने काम निरन्तर भइरहेको र खन्ने क्रममा भेटिने माटो तथा चट्टानको प्रकृतिले कामको गति निर्धारण गर्ने उनले बताइन्।

उच्च तहको प्राविधिक खटाउन प्राधिकरणलाई निर्देशन
स्थलगत प्राविधिक समन्वयलाई थप प्रभावकारी बनाउन नेपाल विद्युत प्राधिकरणबाट उच्च तहको प्राविधिक अधिकारी आवश्यक रहेको जानकारी आएको दवाडीले बताइन्।

सोहीअनुसार मन्त्रालयले प्राधिकरणलाई उच्च तहको प्राविधिक अधिकारी तत्काल खटाउन निर्देशन दिइसकेको उनले जानकारी दिइन्।

सुरुङभित्र रहेका करिब ४५ जनासम्म पुग्नुअघि सुरुङको मुख पहिचान गरी सुरक्षित पहुँच स्थापित गर्ने कामलाई अहिले प्राथमिकता दिइएको छ। त्यसका लागि सेना, विद्युत प्राधिकरण र विज्ञ टोलीले संवेदनशील भूगर्भीय अवस्थालाई ध्यानमा राख्दै काम जारी राखेका छन्।

0 Comments