१६ भाद्र २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डीएनए पहिचान र टनेल उद्धारमा विदेशी प्राविधिक सहयोग थपिँदै

अ+ अ-

काठमाडौँ । विपदबाट प्रभावित क्षेत्रमा खोज, उद्धार तथा शव पहिचानका लागि नेपालले अन्तर्राष्ट्रिय प्राविधिक सहयोग विस्तार गरिरहेको छ। विभिन्न मित्रराष्ट्रबाट टनेल उद्धार, फोरेन्सिक तथा डीएनए विश्लेषणसम्बन्धी विशेषज्ञ टोली परिचालन तथा नेपाल ल्याउने प्रक्रिया अघि बढाइएको छ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले नियमित प्रेस ब्रिफिङमार्फत विपद् व्यवस्थापनमा विदेशी प्राविधिक जनशक्तिको सहयोग प्राप्त भइरहेको जानकारी दिएका हुन्। उनका अनुसार खोज तथा टनेल उद्धारसँगै विपद्मा ज्यान गुमाएकाहरूको पहिचानलाई प्राथमिकतामा राखेर सम्बन्धित मुलुकहरूसँग प्राविधिक समन्वय भइरहेको छ।

भारतबाट आएको २४ सदस्यीय टनेल उद्धार टोली नेपाली सेनासँगको समन्वयमा चिलिमे र लाङटाङ जलविद्युत् आयोजना क्षेत्रमा परिचालित छ। त्यस्तै, चीनबाट आएको नौ सदस्यीय टोलीलाई नेपाली सेनासँगको सहकार्यमा माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजना क्षेत्रमा खोज तथा उद्धार कार्यमा खटाइएको मन्त्रालयले जनाएको छ। दक्षिण कोरियाबाट पनि उद्धार टोली नेपाल आइसकेको छ।

शव पहिचानका लागि भारतबाट १९ सदस्यीय डीएनए विश्लेषण विशेषज्ञ टोली गत २९ अगस्टदेखि कार्यक्षेत्रमा रहेको प्रवक्ता पौडेलले बताए। चीनबाट चार सदस्यीय फोरेन्सिक विशेषज्ञ टोली ल्याउने तयारी भइरहेको छ भने सिंगापुरबाट विपद् पीडितको पहिचानमा विशेषज्ञता भएको टोली ल्याउनसमेत आवश्यक समन्वय भइरहेको उनले जानकारी दिए।

तत्काल पहिचान गर्न नसकिएका शवबाट संकलित डीएनए नमुना सुरक्षित राखिएको छ। त्यस्ता शवलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार अस्थायी रूपमा व्यवस्थापन गरिएको मन्त्रालयको भनाइ छ। यसबाट भविष्यमा थप प्रमाण वा आफन्तबाट प्राप्त नमुनाका आधारमा पहिचान प्रक्रिया अघि बढाउन सकिने व्यवस्था गरिएको छ।

मन्त्रालयका अनुसार विपदबाट भएको मानवीय तथा भौतिक क्षतिको समग्र मूल्यांकनपछि ‘विपद्पछिको आवश्यकता मूल्यांकन’ तयार गरिनेछ। उक्त मूल्यांकनका आधारमा पुनर्स्थापना तथा पुनर्निर्माणलगायत दीर्घकालीन आवश्यकताका लागि अन्तर्राष्ट्रिय समुदायसँग सहयोग आह्वान गर्ने सरकारको तयारी छ।

0 Comments