काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले प्रतिनिधि सभाको बैठकमा रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट उत्पन्न परिस्थितिबारे जानकारी गराइरहेका छन्।
बैठकमा उपस्थित भएका प्रधानमन्त्री शाहले बाढी प्रभावितको खोज तथा उद्धार, राहत वितरण र पुनर्स्थापनाका लागि भइरहेका कामबारे सांसदहरूलाई जानकारी दिन थालेका हुन्। उनी अहिले प्रतिनिधिसभाको रोष्ट्रमबाट सम्बोधन गरिरहेका छन्।
भदौ १० गते भोटेकोशी नदीमा आएको ठूलो बाढीका कारण रसुवामा व्यापक जनधनको क्षति भएको छ। बाढीपछि प्रभावित क्षेत्रका नागरिकको उद्धार तथा राहतसँगै क्षतिको व्यवस्थापन र पुनर्स्थापनाका कार्य अघि बढिरहेका छन्।
उक्त विपद्पछि सरकारले सञ्चालन गरेका खोजी तथा उद्धारका प्रयास, राहत व्यवस्थापन र आगामी पुनर्स्थापनासम्बन्धी गतिविधिबारे प्रधानमन्त्रीले संसद्मा आफ्नो धारणा राखिरहेका छन्।






