१७ भाद्र २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानमन्त्रीको कार्यशैली सुधार्न नेता थापाको आग्रह

अ+ अ-

काठमाडौँ । नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापाले मुलुकमा वर्षेनी हुने बाढी पहिरोको विनाश रोक्न र प्रभावकारी विपद् व्यवस्थापनका लागि सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै नेता थापाले हरेक वर्ष प्राकृतिक विपत्तिमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्ने परम्परा मात्र निभाउनुभन्दा यो नियति बदल्न दृढ संकल्पका साथ अघि बढ्नुपर्नेमा जोड दिए ।

नेता थापाले राज्यको प्रमुख नेतृत्वका रूपमा प्रधानमन्त्री बालेन्द्र साहले आफ्नो एकांकी शासन शैलीमा गुणात्मक परिवर्तन गर्नुपर्ने बताए । सरकार संसदप्रति पूर्णतः उत्तरदायी हुनुपर्ने र आफ्ना योजनाहरूबारे संसद्लाई निरन्तर जानकारी गराउनुपर्ने उनको भनाइ छ । विद्यमान संकटको सामना राष्ट्रिय सहमतिबाट मात्र सम्भव हुने उल्लेख गर्दै उनले राजनीतिक दल, नागरिक समाज र विज्ञहरू सम्मिलित बहुपक्षीय संयन्त्र निर्माण गर्न सरकारलाई सुझाव दिए। सामूहिक र संगठित प्रयासले मात्रै विपद्को जोखिम न्यूनीकरण र व्यवस्थापन गर्न सकिने उनले स्पष्ट पारे ।

नेता थापाले सरकारको कामकारबाहीमा सहजीकरण र निगरानी गर्न सभामुखमार्फत विशेष संसदीय समिति गठनको प्रस्ताव समेत अघि सारे । विपद् व्यवस्थापनका लागि उनले विभिन्न मन्त्रालयको नेतृत्वमा विशेष कार्यदलहरू गठन गर्नुपर्ने आवश्यकता औँल्याए । जसमा अन्तर्राष्ट्रिय सहयोग, क्षतिपूर्ति र समन्वयका लागि परराष्ट्र मन्त्रीको नेतृत्वमा, युद्धस्तरमा उद्धार तथा राहत कार्यका लागि रक्षा मन्त्रीको नेतृत्वमा र पुनर्निर्माणका कार्यका लागि अर्थमन्त्रीको नेतृत्वमा विशेष कार्यदल (टास्क फोर्स) बनाउनुपर्ने उनको माग छ ।

यसैगरी, जलवायु परिवर्तनबाट सिर्जित संकटको सामना गर्न अन्तर्राष्ट्रिय ऐक्यबद्धता जुटाउन र आवश्यक रणनीति तय गर्न सरकारले ‘सगरमाथा संवाद’ को दोस्रो संस्करणलाई तत्काल अगाडि बढाउनुपर्नेमा उनले जोड दिए । प्राकृतिक विपत्तिलाई नियति मानेर बस्ने प्रवृत्तिलाई बदल्न सरकारले विशेष योजना र तत्परता देखाउनुपर्ने नेता थापाको भनाइ छ ।

0 Comments