१८ भाद्र २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नारायणप्रसाद भट्ट सचिवमा बढुवा, कोशी प्रदेशको प्रमुख सचिवमा पदस्थापन

अ+ अ-

काठमाडौँ । सरकारले सहसचिव नारायणप्रसाद भट्टलाई राजपत्रांकित विशिष्ट श्रेणीको सचिव पदमा बढुवा गरेको छ। बढुवासँगै उनलाई कोशी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रमुख सचिव पदमा पदस्थापन गरिएको छ।

मन्त्रिपरिषद्को निर्णयअनुसार नेपाल प्रशासन सेवा, समूहीकरणतर्फको राजपत्रांकित विशिष्ट श्रेणीको सचिव पदमा भट्टलाई बढुवा गरी कोशी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रमुख सचिवको जिम्मेवारी दिइएको हो।

भट्ट सचिव बढुवाका लागि पछिल्लो पटक गरिएको सिफारिसमा पहिलो नम्बरमा रहेका थिए। बढुवा सिफारिस समितिले रिक्त एक सचिव पदका लागि भट्टसहित विनोदबहादुर कुँवर र उत्तरकुमार खत्रीको नाम क्रमश: पहिलो, दोस्रो र तेस्रो नम्बरमा सिफारिस गरेको थियो।

सिफारिस फेरिएपछि पहिलो नम्बरमा पुगेका थिए भट्ट
यसअघि सचिव बढुवाका लागि श्रीकृष्ण नेपाल पहिलो, नारायणप्रसाद भट्ट दोस्रो र विनोदबहादुर कुँवर तेस्रो नम्बरमा सिफारिस भएका थिए। तर पहिलो नम्बरमा रहेका नेपाल बढुवाको निर्णय हुनुअघि नै ५८ वर्षे उमेर हदका कारण अनिवार्य अवकाशमा गएपछि सिफारिसको क्रम फेरिएको थियो।

नेपाल अवकाशमा गएपछि दोस्रो नम्बरमा रहेका भट्ट पहिलो र तेस्रो नम्बरमा रहेका कुँवर दोस्रो नम्बरमा उक्लिएका थिए। रिक्त एक सचिव पदका लागि तीन जनाको नाम सिफारिस गर्नुपर्ने व्यवस्थाअनुसार वरिष्ठ सहसचिव उत्तरकुमार खत्रीलाई तेस्रो नम्बरमा समावेश गरिएको थियो।

त्यसपछि बढुवा सिफारिस समितिले भट्ट, कुँवर र खत्रीको नाम क्रमश: पहिलो, दोस्रो र तेस्रो नम्बरमा मन्त्रिपरिषद्समक्ष पठाएको थियो। सोही सिफारिसबाट सरकारले पहिलो नम्बरमा रहेका भट्टलाई सचिवमा बढुवा गरेको हो।

पछिल्लो समय लगातार फेरिएको थियो बढुवा सिफारिस
पछिल्लो समय सचिव बढुवाको सिफारिस सूची वरिष्ठताको क्रमसँगै लगातार परिवर्तन हुँदै आएको थियो।

गत २८ साउनमा रोकिएको सचिव बढुवा प्रक्रिया पुन: अघि बढ्दा कमलप्रसाद भट्टराई पहिलो, इन्दु घिमिरे दोस्रो र श्रीकृष्ण नेपाल तेस्रो नम्बरमा सिफारिस भएका थिए। सरकारले भट्टराईलाई सचिवमा बढुवा गरी बागमती प्रदेशको प्रमुख सचिवमा पदस्थापन गरेको थियो।

भट्टराईको बढुवापछि रिक्त पदका लागि गरिएको अर्को सिफारिसमा इन्दु घिमिरे पहिलो, श्रीकृष्ण नेपाल दोस्रो र नारायणप्रसाद भट्ट तेस्रो नम्बरमा परेका थिए।

गत १२ भदौको मन्त्रिपरिषद् बैठकले घिमिरेलाई सचिवमा बढुवा गर्दै रक्षा मन्त्रालयमा पदस्थापन गरेपछि नेपाल पहिलो नम्बरमा उक्लिएका थिए। त्यसपछि नेपाल, भट्ट र कुँवर क्रमश: पहिलो, दोस्रो र तेस्रो नम्बरमा सिफारिस भएका थिए।

तर नेपाल बढुवाको निर्णय हुनुअघि नै अनिवार्य अवकाशमा गएपछि भट्ट पहिलो नम्बरमा पुगेका थिए। त्यसपछि पुन: कायम गरिएको तीन जनाको सूचीबाट सरकारले भट्टलाई विशिष्ट श्रेणीमा बढुवा गरेको हो।

भट्टको बढुवासँगै उनी अब कोशी प्रदेश सरकारको प्रशासनिक नेतृत्व सम्हाल्ने प्रमुख सचिवको जिम्मेवारीमा रहनेछन्।

0 Comments