१९ भाद्र २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सिडिओसहित २३ सहसचिव तथा उपसचिवको सरुवा, झापाको प्रजिअमा पोखरेल

अ+ अ-

काठमाडौँ । गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ)सहित २३ जना सहसचिव तथा उपसचिव तहका कर्मचारीको सरुवा तथा पदस्थापन गरेको छ। मन्त्रालयले भदौ १८ गतेको निर्णयअनुसार मन्त्रालय र विभिन्न जिल्ला प्रशासन कार्यालयमा कार्यरत कर्मचारीको जिम्मेवारी हेरफेर गरेको हो। 

सरुवा सूचीअनुसार गृह मन्त्रालय वा अन्तर्गत सहसचिवका रूपमा कार्यरत श्रवण कुमार पोखरेललाई राजपत्र प्रथम श्रेणीको प्रमुख जिल्ला अधिकारीका रूपमा जिल्ला प्रशासन कार्यालय, झापा पठाइएको छ। झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाललाई सहसचिवका रूपमा गृह मन्त्रालय वा अन्तर्गत सरुवा गरिएको छ। उनले पदबाट राजीनामा दिई सकेका छन् । 

त्यस्तै, महेन्द्र कुमार सापकोटालाई सल्यानबाट सुर्खेतको प्रमुख जिल्ला अधिकारी बनाइएको छ। जाजरकोटका प्रमुख जिल्ला अधिकारी खडानन्द अधिकारीलाई बाराको प्रमुख जिल्ला अधिकारीमा सरुवा गरिएको छ भने बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रलाई गोरखा पठाइएको छ।

गोरखाका प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठलाई गृह मन्त्रालय वा अन्तर्गत ल्याइएको छ। खोटाङका प्रमुख जिल्ला अधिकारी रेखा कँडेललाई दोलखाको प्रमुख जिल्ला अधिकारी बनाइएको छ भने दोलखाका प्रमुख जिल्ला अधिकारी हरि प्रसाद घिमिरेलाई सहसचिवका रूपमा गृह मन्त्रालय वा अन्तर्गत सरुवा गरिएको छ।

रौतहटमा कार्यरत प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसाललाई सहसचिवका रूपमा गृह मन्त्रालय, सिंहदरबार सरुवा गरिएको छ। रोल्पाका प्रमुख जिल्ला अधिकारी गंगा बहादुर क्षेत्रीलाई पर्वत पठाइएको छ भने पर्वतका प्रमुख जिल्ला अधिकारी लक्ष्मी प्रसाद पौडेललाई रौतहटको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ।

अध्यागमन कार्यालय गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवामा प्रमुख अध्यागमन अधिकृतका रूपमा कार्यरत बलराम निरौलालाई सहसचिवका रूपमा गृह मन्त्रालय वा अन्तर्गत सरुवा गरिएको छ।

गृह मन्त्रालयका सहसचिव रहेका ऋषिराम तिवारीलाई राजपत्र प्रथम श्रेणीको महानिर्देशकका रूपमा लागू औषध नियन्त्रण विभाग, काठमाडौँ पठाइएको छ। सहसचिव बाबुराम घिमिरेलाई गृह मन्त्रालय वा अन्तर्गतबाट गृह मन्त्रालय, सिंहदरबारमै पदस्थापन गरिएको छ।

डडेलधुराका प्रमुख जिल्ला अधिकारी अमर बहादुर वलीलाई सहायक प्रमुख जिल्ला अधिकारीका रूपमा जिल्ला प्रशासन कार्यालय, बाँके सरुवा गरिएको छ। अध्यागमन कार्यालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँमा वरिष्ठ अध्यागमन अधिकृत रहेका वेदराज फुयाँललाई राजपत्र द्वितीय श्रेणीको प्रमुख जिल्ला अधिकारीका रूपमा डडेलधुरा पठाइएको छ।

बागलुङका सहायक प्रमुख जिल्ला अधिकारी नवराज बराललाई राजपत्र द्वितीय श्रेणीको प्रमुख जिल्ला अधिकारी बनाएर जाजरकोट पठाइएको छ। गृह मन्त्रालय, सिंहदरबारका उपसचिव कुलशेखर अर्याललाई राजपत्र द्वितीय श्रेणीको प्रमुख जिल्ला अधिकारीका रूपमा भोजपुर पठाइएको छ।

बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी महेश कुमार गुरुङलाई राजपत्र द्वितीय श्रेणीको प्रमुख जिल्ला अधिकारी बनाएर खोटाङ पठाइएको छ। गृह मन्त्रालयका उपसचिव बन्दना के.सी.लाई राजपत्र द्वितीय श्रेणीको प्रमुख जिल्ला अधिकारीका रूपमा सल्यान र उपसचिव गणेश गैरैलाई सोही श्रेणीको प्रमुख जिल्ला अधिकारीका रूपमा म्याग्दी पठाइएको छ।

जिल्ला प्रशासन कार्यालय, जुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी शान्ति महतलाई राजपत्र द्वितीय श्रेणीको उपसचिवका रूपमा गृह मन्त्रालय वा अन्तर्गत सरुवा गरिएको छ। जाजरकोटका सहायक प्रमुख जिल्ला अधिकारी गोमा देवी ढकाल पौडेललाई पनि राजपत्र द्वितीय श्रेणीको उपसचिवका रूपमा गृह मन्त्रालय वा अन्तर्गत सरुवा गरिएको छ।

केही सातादेखि नै सूची तयार रहेको भए पनि निर्णय प्रक्रिया भने अघि बढेको थिएन ।

0 Comments