भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले राजपत्राङ्कित तृतीय श्रेणीका ६२ कर्मचारीको सरुवा तथा कामकाजमा खटाउने निर्णय गरेको छ। सूचीमा ३२ जना प्रमुख प्रशासकीय अधिकृत छन्।
काठमाडौँ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३२ जना प्रमुख प्रशासकीय अधिकृतसहित राजपत्राङ्कित तृतीय श्रेणीका ६२ अधिकृतको सरुवा तथा कामकाजमा खटाउने निर्णय गरेको छ।
मन्त्रालयले भदौ २६ गतेको निर्णयअनुसार विभिन्न मन्त्रालय, विभाग, कार्यालय तथा स्थानीय तहमा कार्यरत अधिकृतहरूको जिम्मेवारी हेरफेर गरेको हो।
६२ जनामध्ये ३२ जना प्रमुख प्रशासकीय अधिकृत रहेका छन् भने बाँकीमा १७ शाखा अधिकृत, चार अध्यागमन अधिकृत, तीन प्रशासकीय अधिकृत, दुई जिल्ला निर्वाचन अधिकारी, दुई हुलाक अधिकृत, एक मालपोत अधिकृत र एक जेलर छन्।
सरुवामा स्थानीय तहबाट संघीय निकायमा फर्काइएका प्रमुख प्रशासकीय अधिकृतदेखि विभिन्न संघीय कार्यालयमा कार्यरत अधिकृतलाई स्थानीय तहमा कामकाजमा खटाइएकासम्म समेटिएका छन्।
मन्त्रालयले केही कर्मचारीलाई निजामती सेवा ऐनको व्यवस्थाअनुसार सरुवा गरेको छ भने केहीलाई स्थानीय सरकार सञ्चालन ऐनको दफा ८४(४) अनुसार स्थानीय तहमा कामकाजका लागि खटाएको जनाएको छ ।
हेर्नुहोस् सरुवा/कामकाजको पूर्ण विवरण :
आजै मात्र १६ प्रमुख प्रशासकीय अधिकृतसहित २६ उपसचिवको सरुवासमेत गरिएको छ ।






