५ आश्विन २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रिक्त एक सचिव पदका लागि तीन सहसचिवको नाम सिफारिस

अ+ अ-

काठमाडौँ । नेपाल प्रशासन सेवातर्फ रिक्त एक सचिव पदमा बढुवाका लागि तीन जना वरिष्ठ सहसचिवको नाम सिफारिस भएको छ।

लोक सेवा आयोगका कार्यवाहक अध्यक्ष माधव बेल्वासेको अध्यक्षतामा सोमबार बसेको बढुवा समितिको बैठकले सहसचिव आभा श्रेष्ठ कर्ण, चक्रबहादुर बुढा र जयनारायण आचार्यको नाम सचिव बढुवाका लागि सिफारिस गरेको हो।

समितिले योग्यताक्रममा आभालाई पहिलो, चक्रलाई दोस्रो र जयनारायणलाई तेस्रो नम्बरमा राखेर सिफारिस गरेको छ। आभा तेस्रो पटक, चक्र दोस्रोपटक र जयनारायण पहिलो पटक सचिव बढुवाको सिफारिसमा परेका हुन्।

आभा समावेशीतर्फ मधेशी समूहबाट र चक्र पिछडिएको क्षेत्रतर्फबाट सहसचिव भएका हुन् भने जयनारायण खुला प्रतिस्पर्धाबाट सहसचिव भएका हुन्।तीनै जना २०७१ का सहसचिव भएका थिए।

हाल आभा मधेश प्रदेशमा कार्यरत छिन्। चक्र महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयमा तथा जयनारायण संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा कार्यरत रहेको स्रोत सामग्रीमा उल्लेख छ।

बढुवा समितिबाट तीन जनाको नाम सिफारिस भएसँगै अब सचिव बढुवाको विषय मन्त्रिपरिषदमा जानेछ। प्रचलित व्यवस्थाअनुसार सिफारिस भएका तीन जनामध्ये एक जनालाई सरकारले सचिवमा बढुवा गर्नेछ।

हाल राष्ट्रिय सतर्कता केन्द्रमा सचिव पद रिक्त रहेको जनाइएको छ। सोही रिक्त पदपूर्तिका लागि बढुवा समितिले तीन सहसचिवको नाम सिफारिस गरेको हो।

0 Comments