९ आश्विन २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नारायणगढ-मुग्लिन र पृथ्वी राजमार्ग पूर्ण अवरुद्ध

अ अ+ अ-

नारायणगढ (चितवन) । अविरल वर्षाका कारण नारायणगढ-मुग्लिन सडक र पृथ्वी राजमार्गअन्तर्गत चितवन तथा धादिङका विभिन्न स्थानमा पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगरका प्रमुख प्रहरी उपरीक्षक डिल्लीनारायण पाण्डेका अनुसार राजमार्गका विभिन्न स्थानमा लगातार साना–ठूला पहिरो खसिरहेकाले तत्काल सडक सञ्चालनमा ल्याउन सकिने अवस्था छैन । निरन्तर वर्षा भइरहेका कारण पहिरो झर्ने र ढुङ्गा खस्ने क्रम जारी रहेको उनले बताए ।

उनका अनुसार चितवनको इच्छाकामना गाउँपालिका–४ धारापानीमा सडक पुनः भासिएपछि उक्त स्थानमा यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ । यसअघि पनि उक्त स्थानमा सडक भासिएपछि एकतर्फी रूपमा यातायात सञ्चालन हुँदै आएको थियो ।

यस्तै, इच्छाकामना गाउँपालिका–५ सिमलधारामा माथिबाट पहिरो खस्दा दुवैतर्फको सडक अवरुद्ध भएको छ । इच्छाकामना–५ कै तुइनखोला र नाम्सीखोलामा माथिबाट ढुङ्गा तथा पहिरो खसेपछि सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत तुइनखोला, नाम्से पुल, १५ किलो र १७ किलोमा पनि सामान्य ढुंगामाटो खसेको प्रहरीले जनाएको छ ।

पृथ्वी राजमार्गअन्तर्गत धादिङको रोराङ गाउँपालिका–७ कृष्णभिर र ज्यामिरेघाटमा माथिबाट पहिरो खस्दा दुवैतर्फको सडक अवरुद्ध भएको छ । गजुरी गाउँपालिका–६ जरेखेत र थाक्रे गाउँपालिका–२ कमेरेभिरमा पनि पहिरोका कारण सडक प्रभावित भएको प्रहरी उपरीक्षक पाण्डेले जानकारी दिए।

कृष्णभिर, सिमलधारा, धारापानी, नाम्सीखोला र तुइनखोलामा सडकमा खसेको पहिरो हटाउने काम जारी रहेको उनले बताए। तर निरन्तर वर्षा भइरहेकाले धेरै स्थानमा पहिरो खस्ने क्रम नरोकिएकाले तत्काल सडक सञ्चालनमा आउने अवस्था नरहेको प्रहरी उपरीक्षक पाण्डेको भनाइ छ ।

जोखिम बढेपछि हिजो रातिदेखि नारायणगढ–मुग्लिन सडक र पृथ्वी राजमार्गमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको थियो । आज बिहानदेखि पनि राजमार्गका विभिन्न स्थानमा थप पहिरो खसेपछि प्रशासनले सवारीसाधन सञ्चालनमा रोक कायम राखेको प्रहरीले जनाएको छ ।

कृष्णभिरमा सडकको नदीतर्फको ग्याबिन केही तल झर्‍यो पृथ्वी राजमार्गअन्तर्गत कृष्णभिरमा नयाँ ट्र्याक खोलिएको सडकको नदीतर्फको ग्याबिन केही तल झरेको छ । नागढुङ्गा–मुग्लिङ सडक योजना (पश्चिम खण्ड) प्रमुख सजना अधिकारीका अनुसार सडकको माथिल्लो भागमा खोलिएको नयाँ ट्र्याक हाल सञ्चालनमा रहेको सडकमा भने कुनै समस्या देखिएको छैन । लगातार वर्षा भइरहेकाले थप क्षति हुनसक्ने अवस्थालाई मध्यनजर यातायात सञ्चालनमा रोक लगाएको उनले बताए।

उनले भने, “नयाँ ट्र्याक खोलेको माथिल्लो स्थानबाट अलिअलि पहिरो झरेको छ । हामीले प्लास्टिक ओडाएको स्थानमा बढी समस्या छैन । तर तल एउटा ग्याबिन झरेको छ ।” प्रमुख अधिकारीका अनुसार सडकको साइटतर्फको ग्याबिनबीचको भाग केही खसेको भए पनि हालसम्म सडकमा ठूलो क्षति भएको छैन । 

कृष्णभिर क्षेत्रमा साना–साना पहिरो खस्ने क्रम रहेकाले अहिले सडकमा यातायात सञ्चालन गर्न सकिने अवस्था नरहेको उनले बताए। वर्षाका कारण सडकको अवस्थाबारे प्राविधिक टोलीले निरन्तर अनुगमन गरिरहेको प्रमुख अधिकारीले जानकारी दिए  ।

0 Comments