१६ आश्विन २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ठमेलमा पर्यटकलाई हैरानी दिएको आरोपमा तीन जनाविरुद्ध अभद्र व्यवहारको मुद्दा दर्ता

अ अ+ अ-

काठमाडौँ । ठमेल क्षेत्रमा पर्यटक तथा सर्वसाधारणलाई हैरानी दिएको र सार्वजनिक शान्ति भंग गरेको आरोपमा तीन जनाविरुद्ध अभद्र व्यवहारसम्बन्धी मुद्दा दर्ता भएको छ।

‘सुरक्षित ठमेल, जाने होइन ?’ अभियानअन्तर्गत नियन्त्रणमा लिइएका ३१ जनामध्ये प्रारम्भिक अनुसन्धानबाट तीन जनाको संलग्नता देखिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ। 

उनीहरूमाथि अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट तीन दिनको म्याद थप अनुमति लिइएको छ।

आरोपितहरूमा कास्कीको पोखरा महानगरपालिका-११ घर भई काठमाडौँको मनमैजु बस्ने २० वर्षीय लक्की गुरुङ, गोरखा नगरपालिका-९ घर भई नयाँ बजार बस्ने २३ वर्षीय प्रबिन तामाङ र सिन्धुलीको कमलामाई नगरपालिका-४ घर भई सोह्रखुट्टे बस्ने २९ वर्षीय सनिस भुजेल रहेका छन्।

प्रहरीका अनुसार ठमेलमा स्वदेशी तथा विदेशी पर्यटक, ग्राहक र सर्वसाधारणलाई लागूऔषध तथा यौनजन्य गतिविधिमा लाग्न उक्साउने, दु:ख दिने र अभद्र व्यवहार गर्ने गरेको गुनासो आएको थियो। त्यसपछि प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले असोज १५ गते बिहान ३ बजेसम्मको समयमा सार्वजनिक स्थल तथा सडकबाट शंकास्पद गतिविधिमा संलग्न देखिएका ३१ जनालाई नियन्त्रणमा लिएको हो।

रात्रिकालीन व्यवसायमा बिचौलियाको काम गर्ने, झैझगडा गर्ने तथा सार्वजनिक मर्यादा र शान्ति भंग गर्नेलगायत गतिविधिबारे प्रारम्भिक छानबिन गर्दा तीन जनामाथि मुद्दा चलाइएको प्रहरीले जनाएको छ। उनीहरूमाथि थप अनुसन्धान भइरहेको छ।

0 Comments