काठमाडौँ । प्रधान न्यायाधीश डा. मनोजकुमार शर्माले नेपाली सेनाको प्राड विवाक स्थापनाको ६४औँ वार्षिकोत्सवका अवसरमा ‘प्राड विवाक जर्नल-२०८३’ विमोचन गरेका छन्।

शुक्रबार जङ्गी अड्डामा आयोजित विशेष कार्यक्रममा प्रधानन्यायाधीश शर्माले जर्नल विमोचन गरेका हुन्। सोही अवसरमा सैनिक न्याय प्रणालीको विकासमा योगदान पुर्याउने ६ जनालाई सम्मान गरिएको नेपाली सेनाले जनाएको छ।
सम्मानित हुनेमा विशेष सैनिक अदालतका पूर्वन्यायाधीश एवं सदस्यहरू तथा पूर्वसैनिक प्राड रथीवृन्द र अधिकृतहरू रहेका छन्।

वार्षिकोत्सवकै अवसरमा सैनिक प्राड विवादसँग सम्बन्धित कार्यहरूमा सहजता र एकरूपता कायम गर्ने तथा कार्यसम्पादनमा दक्षता र प्रभावकारिता बढाउने उद्देश्यले ‘लिगल सेमिनार २०८३’ पनि आयोजना गरिएको थियो।
सेमिनारको प्रधान सेनापति महारथी अशोकराज सिग्देलले समापन गरेका थिए।
नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार कार्यक्रममा न्यायाधीशहरू, नेपाल सरकारका सचिवहरू, नेपाली सेनाका रथीवृन्द तथा प्राड अधिकृतहरूको उपस्थिति रहेको थियो।




