९ मंसिर २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जेन जेड आन्दोलनका घाइते शान्तनुको स्वास्थ्य अवस्थाबारे मन्त्रीद्वय बादी र मेहताले लिए जानकारी

अ अ+ अ-

काठमाडौँ । जेन जेड आन्दोलनका क्रममा गम्भीर घाइते भएका शान्तनु ढकालको स्वास्थ्य अवस्था, उपचार प्रक्रिया तथा पुनर्स्थापनाबारे जानकारी लिन महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादी र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता आज महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पुगेका छन्।

मन्त्रीहरूले उपचाररत ढकालसँग प्रत्यक्ष भेट गरी स्वास्थ्य अवस्था, हालसम्मको उपचार प्रगति र आगामी उपचारका आवश्यकताबारे जानकारी लिएका थिए। सो क्रममा उनीहरूले शान्तनुका बुबासँग समेत भेट गरी उपचारका क्रममा परिवारले भोग्नुपरेका कठिनाइ, आर्थिक तथा सामाजिक अवस्था र परिवारका आवश्यकताबारे जानकारी लिएका थिए।

भेटका क्रममा मन्त्री सिता बादीले शान्तनुको उपचारसँगै उनको आगामी जीवन र परिवारको भविष्यलाई समेत राज्यको चासो र जिम्मेवारीको विषयका रूपमा हेरिनुपर्ने बताउनुभयो। उपचारपछिको पुनर्स्थापना, परिवारको रोजगारी, शिक्षाको निरन्तरता तथा अन्य आधारभूत आवश्यकतामा मन्त्रालयका तर्फबाट आवश्यक समन्वय र सहजीकरण गरिने उनले बताइन्। शान्तनु र उनको परिवारलाई आवश्यक परेको अवस्थामा मन्त्रालय सहयोगका लागि साथमा रहने उनको भनाइ थियो।

त्यसैगरी, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले उपचारका क्रममा देखिन सक्ने स्वास्थ्यसम्बन्धी जटिलता, थप शल्यक्रिया तथा अन्य उपचार आवश्यकताका विषयमा स्वास्थ्य मन्त्रालयका तर्फबाट आवश्यक सहयोग र सहजीकरण गरिने बताइन्। उपचार प्रक्रियालाई प्रभावकारी र सहज बनाउन सम्बन्धित स्वास्थ्य संस्था तथा चिकित्सकसँग आवश्यक समन्वय गरिने उनले उल्लेख गरिन्।

दुवै मन्त्रीले शान्तनुको अवस्थालाई केवल उपचारको विषयका रूपमा मात्र नहेरी स्वास्थ्योपचारपछि सम्मानजनक जीवनयापन, सामाजिक पुनर्स्थापना, शिक्षा र आर्थिक आत्मनिर्भरतासँग जोडेर सम्बोधन गर्नुपर्ने धारणा व्यक्त गरे।

राज्यको दायित्व नागरिकको जीवन रक्षा र उपचारमा मात्र सीमित नरही कठिन परिस्थितिबाट गुज्रिएका व्यक्ति तथा परिवारलाई पुनः सामान्य जीवनमा फर्कने आधार तयार गर्नु पनि भएको उल्लेख गर्दै उहाँहरूले यसका लागि सम्बन्धित निकायबीच आवश्यक समन्वय र सहकार्य अघि बढाउने बताए।

0 Comments