काठमाडौँ । नेपाल शिक्षक महासंघले शिक्षक तथा कर्मचारीका सातबुँदे माग सम्बोधन नभए कडा आन्दोलनमा जाने चेतावनी दिएको छ ।
आइतबार विज्ञप्ति जारी गर्दै महासंघले शिक्षक तथा कर्मचारीका समस्याप्रति वर्तमान सरकारले समेत पर्याप्त संवेदनशीलता नदेखाएको जनाएको छ ।
महासंघले आफ्ना माग सम्बोधन गर्न सरकार र शिक्षा तथा खेलकुद मन्त्रालयको ध्यानाकर्षण गराउँदै विद्यमान अवस्था कायमै रहे निर्णायक आन्दोलनमा उत्रिने स्पष्ट पारेको छ ।
‘वर्तमान सरकारले पनि शिक्षक-कर्मचारीका पिर मर्कामा कुनै संवेदनशीलता देखाएको पाइँदैन,’ विज्ञप्तिमा भनिएको छ, ‘यही परिस्थिति निरन्तर रहेमा नेपाल शिक्षक महासंघ कडा र निर्णायक आन्दोलनमा जान बाध्य हुने कुरासमेत जानकारी गराउँदै निम्न विषयमा वर्तमान सरकार एव शिक्षा तथा खेलकुद मन्त्रालयको ध्यानाकर्षण गराउँछौं ।’









