काठमाडौँ । नेपाल इन्जिनियरिङ सेवाको माइनिङ इन्जिनियरिङ समूहअन्तर्गत सहसचिव (राजपत्राङ्कित प्रथम श्रेणी) सरहको पदमा बढुवाका लागि रामानन्द प्रसाद चौधरी पहिलो योग्यताक्रममा परेका छन् ।
बढुवा सूचना नम्बर ६-२०८३/८४ अन्तर्गत ज्येष्ठता तथा कार्यसम्पादन मूल्याङ्कनका आधारमा बढुवाका सम्भाव्य उम्मेदवारको योग्यताक्रम नामावली सार्वजनिक गरिएको हो ।
बढुवा समितिको ३०७८औँ बैठकले मंसिर १२ गते गरेको निर्णयअनुसार सार्वजनिक नामावलीमा चौधरीको नाम पहिलो नम्बरमा उल्लेख छ ।








