काठमाडौँ । पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा पहिरो पन्छाउने कार्य तीव्र गतिमा अघि बढाइएको बताएका छन् ।
मन्त्री लम्सालले आज बिहान सामाजिक सञ्जाल फेसबुकमा एक स्ट्याटस लेख्दै जानकारी दिएका हुन् ।
उनले पहिरोको दुवै छेउबाट १८ जना परिचालन गरी रुख कटानको काम भइरहेको र पहिरो पन्छाउन आवश्यक निर्माण उपकरणहरू दुवै छेउमा तयारी अवस्थामा राखिएको जानकारी दिएका छन् । रुखको कटान सकिने बित्तिकै उपकरणहरू परिचालन गरी पहिरो पन्छाउने कार्य सुरु गरिने उनले बताएका छन् ।






