१८ भाद्र २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उज्यालो नेपाल पार्टीका अध्यक्ष घिसिङ र प्रधानमन्त्रीबीच भेटवार्ता: विपद् व्यवस्थापन र पूर्वाधार पुन:निर्माणबारे सुझाव पेश

अ+ अ-

काठमाडौँ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले प्रधानमन्त्री वालेन्द्र शाहसँग भेट गरी मुलुकको विद्यमान विपद् व्यवस्थापन, उद्धार कार्य र पूर्वाधार विकासका सन्दर्भमा सुझावहरू पेश गरेका छन् । 

बिहीवार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको उक्त भेटवार्तामा अध्यक्ष घिसिङले भोटेकोशी  विपत्तिबाट सिर्जित समस्याको समाधान र दीर्घकालीन पूर्वाधार सुरक्षाका विषयमा लिखित तथा मौखिक सुझावहरू दिएका हुन्। भेटका क्रममा घिसिङले मुलुकमा आइपरेको संकटको घडीमा उद्धार (रेस्क्यु), राहत (रिलिफ) र पुनर्स्थापना (रिसेटलमेन्ट)का कार्यलाई एकीकृत रूपमा अगाडि बढाउन सरकारको ध्यानाकर्षण गराए । 

विशेषगरी बाढी र पहिरोका कारण सुरुङभित्र फसेका नागरिकहरूको उद्धारका लागि आवश्यक प्रविधि र उपकरणको परिचालनमा जोड दिन उनले आग्रह गरे । सडक सञ्जालको पुन:स्थापनाका विषयमा छलफल गर्दै उनले स्याफ्रुबेँसी लगायतका क्षेत्रमा अवरुद्ध सडक तत्काल सञ्चालनमा ल्याउन र रणनीतिक स्थानहरूमा बेलिब्रिज निर्माण गर्न सुझाव दिए। यस्तै, ऊर्जा क्षेत्रमा पुगेको ठूलो क्षतिप्रति चिन्ता व्यक्त गर्दै घिसिङले क्षतिग्रस्त जलविद्युत आयोजनाहरूलाई चाँडै सञ्चालनमा ल्याउन सरकारले विशेष प्याकेज ल्याउनुपर्ने बताए ।

अध्यक्ष घिसिङले भने, ‘सुरुङभित्रको अवरोध हटाउन र उद्धार कार्यलाई प्रभावकारी बनाउन विशेष उपकरणहरूको आवश्यकता छ । भौगोलिक विकटताका कारण उपकरण पुर्‍याउन कठिन भएका स्थानमा हेलिकोप्टरमार्फत हेभी इक्युपमेन्ट ढुवानी गरेर भए पनि कामलाई गति दिनुपर्छ ।

 करिव २३५ मेगावाटका आयोजनाहरू प्रभावित भएका छन् । निजी क्षेत्रका प्रवर्द्धकहरूलाई प्रोत्साहन गर्न र बीमा भुक्तानी प्रक्रियालाई सहज बनाउन सरकारले नीतिगत सहजीकरण गर्नुपर्छ ।’

भेटका अवसरमा दीर्घकालीन सुरक्षाका लागि जलविद्युत आयोजनाहरूको डिजाइनमा पुनरावलोकन गर्नुपर्ने र बेसिन म्यानेजमेन्ट (नदी किनारा व्यवस्थापन) मा ध्यान दिनुपर्ने विषयमा पनि चर्चा भएको छ । घिसिङले जोखिम विश्लेषण गरेर मात्र नदी किनारमा सडक र अन्य संरचना निर्माण गर्न सुझाव दिए। जवाफमा प्रधानमन्त्रीले घिसिङद्वारा प्रस्तुत सुझावहरूलाई सकारात्मक रूपमा लिँदै विपद् व्यवस्थापन र पूर्वाधार निर्माणमा सरकारले विज्ञहरूको सल्लाह बमोजिम प्रभावकारी कदम चाल्ने आश्वासन दिए। 

0 Comments