काठमाडौँ । सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालले विशेषज्ञ चिकित्सक तथा नर्सिङ जनशक्तिसहित विभिन्न १२ पदमा करार सेवाबाट कर्मचारी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ।
अस्पतालले स्वीकृत दरबन्दीमा रिक्त रहेका पदमा प्रचलित कानुनबमोजिम योग्यता पुगेका नेपाली नागरिकबाट आवेदन माग गरेको हो। अस्पतालको पदपूर्ति समितिले प्रकाशित गरेको सूचनाअनुसार इच्छुक उम्मेदवारले सूचना प्रथम पटक प्रकाशित भएको मितिले २१ दिनभित्र दरखास्त दिन सक्नेछन्।
अस्पतालले नवौँ तहमा कन्सल्टेन्ट डर्माटोलोजिस्ट, कन्सल्टेन्ट ईएनटी सर्जन, कन्सल्टेन्ट सर्जन, कन्सल्टेन्ट अब्स्टेट्रिक्स एन्ड गाइनोकोलोजिस्ट, कन्सल्टेन्ट प्याथोलोजिस्ट, अस्पताल नर्सिङ प्रशासक, कन्सल्टेन्ट रेडियोलोजिस्ट, कन्सल्टेन्ट जनरल फिजिसियन, कन्सल्टेन्ट मेडिकल जनरलिस्ट र कन्सल्टेन्ट साइकियाट्रिस्टका लागि एक-एक पदमा आवेदन माग गरेको छ।
त्यस्तै, सातौँ तहको नर्सिङ अधिकृत पदमा दुई जनाको माग गरिएको छ।





