२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गृहमन्त्री अर्यालद्वारा काठमाडौँ प्रहरी परिसरको अनुगमन

अ+ अ-

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्याल तथा गृह मन्त्रालयका उच्चस्तरीय अधिकारीसहितको टोलीले आज जिल्ला प्रहरी परिसर काठमाडौँको अनुगमन तथा निरीक्षण गरेको छ । 

सो क्रममा गृहमन्त्री अर्यालले पुरुष तथा महिला हिरासत कक्षमा रहेका थुनुवाहरूसँग कुराकानी गर्नुभएको थियो । थुनुवाहरूले आफूहरूले प्राप्त गरिरहेको सुविधाप्रति सन्तुष्ट रहेको जानकारी गराएको मन्त्रालयका सहप्रवक्ता रमा आचार्यले बताए ।

मन्त्री अर्यालका साथमा गृहसचिव राजकुमार श्रेष्ठ, मन्त्रालयको सुरक्षा समन्वय महाशाखाका प्रमुख एवं प्रवक्ता आनन्द काफ्ले, काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेल, मन्त्रालयको शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखाका प्रमुख तथा सहप्रवक्ता रमा आचार्य, गृहमन्त्रीका निजी सचिव परशुराम पोखरेललगायतको सहभागिता थियो । उहाँले परिसर हातामा वृक्षारोपणसमेत गरेका थिए। 

अनुगमनको क्रममा मन्त्री अर्यालसहितको टोलीलाई परिसर प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाले परिसरले प्रवाह गरिरहेको सेवा, विद्यमान अवस्था, तथा आगामी योजना साथै निर्वाचनपूर्व, निर्वाचनको समय र निर्वाचनपश्चात् सुरक्षा व्यवस्थापनमा अपनाइएको रणनीतिबारे जानकारी गराएका थिए ।

नेपाल प्रहरीको भूमिकाको उच्च प्रशंसा गर्दै मन्त्री अर्यालले नेपाल प्रहरी सामूहिक नेतृत्वको अवधारणाबाट अघि बढेकाले सरकार प्रहरी र नागरिकबीच सहकार्य बलियो भएको बताए ।