२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शिक्षाका कर्णलाई दिएको आर्थिक-प्रशासनिक जिम्मेवारी रद्द, सहसचिव कँडेललाई कार्यभार सम्हाल्न निर्देशन

अ+ अ-

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले वीरगञ्ज महानगरपालिकामा कार्यरत शिक्षा सेवाका अधिकृत अरविन्द लाल कर्णलाई दिइएको आर्थिक तथा प्रशासनिक जिम्मेवारी रद्द गर्दै सहसचिव रेशमलाल कँडेललाई प्रमुख प्रशासकीय अधिकृतको हैसियतमा कार्यभार सम्हाल्न निर्देशन दिएको छ। 

पछिल्लो समय संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले स्थानीय तहमा खटाइएका प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराउने वा तोकिएको स्थानमा नजाने कर्मचारीमाथि कानुनी कारबाही हुने चेतावनी दिँदै आएकी छिन्।

मन्त्रालयका अनुसार नेपाल सरकार(मन्त्रिपरिषद्) को २०८२ फागुन १२ गतेको निर्णयबमोजिम कँडेललाई वीरगञ्ज महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रूपमा खटाइएको थियो। तर महानगरपालिकाले उक्त निर्णय पुनर्विचार गर्न आग्रह गर्दै समन्वयपछि मात्र प्रमुख प्रशासकीय अधिकृत पठाउनुपर्ने उल्लेखसहित मन्त्रालयमा पत्राचार गरेको थियो।

यसैबीच मन्त्रालयले २०८१ मंसिर २३ गतेको निर्णयलाई आधार मानी कर्णलाई दिइएको आर्थिक तथा प्रशासनिक जिम्मेवारी औपचारिक रूपमा रद्द गरेको जनाउँदै कँडेललाई तत्काल हाजिर गराई नियमित कामकाजमा लगाउन तथा सोको जानकारी मन्त्रालयमा पठाउन वीरगञ्ज महानगरपालिकालाई निर्देशन दिइएको छ।

साथै, कोष तथा लेखा नियन्त्रक कार्यालय पर्सालाई बोधार्थ दिँदै अब महानगरपालिकाको खाता सञ्चालनसम्बन्धी सम्पूर्ण कार्य कँडेलमार्फत मात्र सञ्चालन हुने व्यवस्था मिलाउन भनिएको छ। मन्त्रालयले कर्णलाई दिइएको अधिकार पूर्ण रूपमा समाप्त भएको स्पष्ट पारेको छ।

स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत नियुक्ति र कार्यान्वयनलाई लिएर देखिँदै आएको असमञ्जसबीच मन्त्रालयको पछिल्लो निर्णयले संघीय सरकारको निर्देशन कार्यान्वयनमा कडाइका साथ अघि बढ्ने संकेत देखिएको छ । 

0 Comments