२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘अहिलेसम्मका परिवर्तनकारी आन्दोलनमा युवाको उल्लेखनीय योगदान छ’-मुख्यमन्त्री शाह

अ+ अ-

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले अहिलेसम्मका परिवर्तनकारी आन्दोलनमा युवाहरूको उल्लेखनीय योगदान रहेको बताएका छन् । उनले विसं २००७ सालदेखि गत भदौमा भएको जेन जेड पुस्ताको आन्दोलनमा युवापुस्ताको उल्लेखनीय योगदान रहेको धारणा राखे ।

आज धनगढीमा सुरु भएको ‘सुदूरपश्चिम प्रदेश युवा सम्मेलन २०२६’ को उद्घाटन सत्रलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहले उनले २००७ सालको क्रान्तिदेखि २०४६–४७ को जनआन्दोलन, २०६२/६३ को जनआन्दोलन हुँदै पछिल्लो जेन जेड पुस्ताको आन्दोलनसम्म युवाहरूले लोकतन्त्र, गणतन्त्रको स्थापना तथा सुशासन प्रवर्द्धन र भ्रष्टाचार न्यूनीकरणका लागि उल्लेखनीय योगदान गरेका बताए । उनले मुलुकमा भएका विभिन्न परिवर्तनमा युवाको सकारात्मक सोच, सक्रियता र प्रविधिमैत्री प्रयोगको महत्त्वपूर्ण भूमिका रहेको उल्लेख गरे ।

आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा युवाका आवाज समावेश गर्न प्रदेश सरकार सकारात्मक रहेको मुख्यमन्त्री शाहले स्पष्ट पारे । उनले डिजिटल युगमा युवालाई अवसरसँगै सचेतनाको आवश्यकता  रहेकामा जोड दिए ।

कार्यक्रममा गैरसरकारी संस्था महासंघ नेपाल सुदूरपश्चिम प्रदेश अध्यक्ष देवीप्रसाद खनालको सभापतित्व भएको कार्यक्रममा महासंघका केन्द्रीय उपमहासचिव किरण थापा र भवराज रेग्मी, युवा अभियानका अध्यक्ष योगेन्द्र काफ्ले तथा सुदूरपश्चिम प्रदेश युवा परिषद्का कार्यकारी सदस्य पृथ्वीबहादुर शाहलगायतको उपस्थिति थियो । आजदेखि सुरु भएको दुई दिने सम्मेलनमा सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लाबाट युवाहरूको सहभागिता रहेको छ । सम्मेलन जेठ १० गतेसम्म सञ्चालन हुनेछ  ।

0 Comments