२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लेखा अधिकृतको सम्पत्ति छानबिन गर्न अख्तियारदेखि प्रधानमन्त्री कार्यालयसम्म उजुरी

अ+ अ-

काठमाडौँ। वीर अस्पतालका लेखा अधिकृत वीर सिंह राईविरुद्ध सम्पत्ति छानबिन, अनुसन्धान तथा कारबाहीको माग गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, महालेखा नियन्त्रक कार्यालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तथा राष्ट्रिय सतर्कता केन्द्रलगायत निकायमा उजुरी दर्ता गरिएको छ।

‘जस्टिस फर वीर अस्पताल’ नामबाट विभिन्न निकायमा दर्ता गराइएको उजुरीमा लेखा अधिकृत राईमाथि अस्पतालको खरिद, भुक्तानी, करार कर्मचारीको म्याद थप, सेवा सुविधा तथा विभिन्न प्रशासनिक प्रक्रियामा अनियमितता गरेको आरोप लगाइएको छ। उजुरीकर्ताले ती विषयमा सम्पत्ति छानबिनसहित विस्तृत अनुसन्धान गरी कानुनी कारबाही गर्न माग गरेका छन्।

उजुरीमा अस्पतालमा औषधि, उपकरण तथा अन्य सामग्री खरिद र भुक्तानी प्रक्रियामा अनियमितता भएको, करार तथा अस्थायी कर्मचारीसम्बन्धी निर्णय कार्यान्वयनमा आर्थिक लेनदेन भएको तथा विभिन्न सेवा र भुक्तानी प्रक्रियामा प्रभाव पारिएको दाबी गरिएको छ। यस्तै अस्पतालका केही अत्यावश्यक सेवामा असर पुगेको आरोपसमेत उजुरीमा उल्लेख गरिएको छ।

फाइलमा संलग्न कागजातअनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्राप्त उजुरीका सम्बन्धमा वीर अस्पताल, कान्ति बाल अस्पताल र स्वास्थ्य सेवा विभागसँग विवरण तथा राय माग गरेको देखिन्छ। महालेखा नियन्त्रक कार्यालयले पनि वीर अस्पतालसँग उजुरीसम्बन्धी प्रतिवेदन उपलब्ध गराउन पत्राचार गरेको छ।

यस्तै राष्ट्रिय सतर्कता केन्द्रले पनि उजुरीका विषयमा आवश्यक कागजात र जानकारी उपलब्ध गराउन वीर अस्पताललाई पत्राचार गरेको कागजात फाइलमा समावेश छ। स्वास्थ्य मन्त्रालय अन्तर्गतको सुशासन, अनुसन्धान तथा गुनासो व्यवस्थापन शाखाले समेत प्राप्त उजुरीका सम्बन्धमा आवश्यक जानकारी मागेको देखिन्छ।

उजुरीमा उल्लेख गरिएका आरोपबारे सम्बन्धित निकायबाट अन्तिम निष्कर्ष सार्वजनिक भएको वा कानुनी रूपमा पुष्टि भएको विवरण भने फाइलमा समावेश छैन। हाल सम्बन्धित निकायहरूले उजुरीका आधारमा जानकारी संकलन तथा प्रारम्भिक अध्ययन प्रक्रिया अघि बढाएको कागजातहरूले देखाउँछन्।

उजुरीकर्ताले लेखा अधिकृत राईको सम्पत्ति, कार्यसम्पादन तथा विभिन्न आर्थिक निर्णयसम्बन्धी विषयमा विस्तृत छानबिन गरी आवश्यक कारबाही गर्न माग गरेका छन्।

0 Comments