१४ श्रावण २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मन्त्री छनोटमा सहमति नजुटेपछि सुदूरपश्चिम काँग्रेस असन्तुष्ट समूहद्वारा नाम केन्द्रमा सिफारिस

अ+ अ-

काठमाडौँ । सुदूरपश्चिम प्रदेशमा नेपाली काँग्रेसभित्रको असन्तुष्ट समूहले मन्त्री चयनमा आन्तरिक सहमति कायम गर्न नसकेपछि सम्भावित नामहरू पार्टीको केन्द्रमा पठाएको छ।

यसअघि संसदीय दलको नेतृत्वबाट मुख्यमन्त्री कमलबहादुर शाहलाई हटाउने उद्देश्यसहित हस्ताक्षर अभियान चलाएको उक्त समूह सरकारमा भागबण्डासहित समेटिएपछि विवाद तत्कालका लागि केही शान्त भएको थियो। सहमतिअनुसार समूहले दुई मन्त्री र एक राज्यमन्त्रीको जिम्मेवारी पाएको भए पनि हालसम्म मन्त्रीहरूको नाम टुंगो लगाउन सकेको छैन।

समूहका नेता दिवानसिंह विष्टका अनुसार हिजो र आज भएका आन्तरिक छलफलबाट पनि निष्कर्ष ननिस्किएपछि सम्भावित सबै नाम केन्द्रमा पठाइएको हो। उनले समावेशिताको मापदण्डलाई समेत ध्यानमा राख्दै सांसदहरूको सूची केन्द्रमा सिफारिस गरिएको जानकारी दिए।

प्रदेश सरकारमा भएको सहमतिअनुसार असन्तुष्ट पक्षले दुई मन्त्री र एक राज्यमन्त्री तथा मुख्यमन्त्री पक्षले एक मन्त्री र एक राज्यमन्त्री पाउने व्यवस्था गरिएको छ। मुख्यमन्त्री पक्षबाट आर्थिक मामिला मन्त्रालयका लागि विक्रमसिंह धामीलाई मन्त्री बनाउने तयारी लगभग टुंगिएको जनाइएको छ।

तर असन्तुष्ट समूहभित्र मन्त्री चयनमा साझा धारणा नबनेपछि प्रक्रिया ढिलाइ भएको छ। अन्ततः केन्द्रबाट आउने नामलाई नै अन्तिम मान्यता दिई शपथ गराउने तयारी भइरहेको स्रोतले जनाएको छ।

0 Comments