१० श्रावण २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नक्कली चिकित्सकको उपाधि प्रयोग गरी स्पार्क इन्टरनेसनल हेल्थ रिसोर्टमा बिरामीको उपचार गर्ने व्यक्ति पक्राउ

अ+ अ-

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले चिकित्सकको उपाधि प्रयोग गरी गैरकानुनी रूपमा चिकित्सा अभ्यासमा संलग्न रहेको आरोपमा एक जनालाई पक्राउ गरेको छ।

सीआईबीले बिहीबार जारी गरेको विज्ञप्तिअनुसार नेपाल मेडिकल काउन्सिलले नियमित अनुगमनका क्रममा काठमाडौँ जिल्ला चन्द्रागिरि नगरपालिका–८ मा सञ्चालित स्पार्क इन्टरनेसनल हेल्थ रिसोर्ट मा कार्यरत काठमाडौँ जिल्ला साविक मातातीर्थ गाविस–७ का ४७ वर्षीय चेतन एम. (पौडेल) ले नेपाल मेडिकल काउन्सिलमा दर्ता नभई चिकित्सकको उपाधि प्रयोग गरेको पाएको थियो।

विज्ञप्तिअनुसार उनले नेपाल मेडिकल काउन्सिलको दर्ता प्रमाणपत्र प्राप्त नगरी बिरामीहरूको आधुनिक चिकित्सा निदान तथा उपचारमा संलग्न रहेको, बिरामीलाई औषधि सिफारिस गरिएको प्रिस्क्रिप्सनसमेत वितरण गरेको भन्दै आवश्यक कारबाहीका लागि नेपाल मेडिकल काउन्सिलको छानबिन प्रतिवेदनसहित उजुरी सीआईबीमा प्राप्त भएको थियो।

उक्त उजुरीका आधारमा प्रारम्भिक अनुसन्धान अघि बढाएको सीआईबीले काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएपछि २०८३ असार १० गते चन्द्रागिरि नगरपालिका–८ बाट चेतन एम. (पौडेल) लाई पक्राउ गरेको जनाएको छ।

सीआईबीका अनुसार पक्राउ परेका पौडेलमाथि काठमाडौँ जिल्ला अदालतबाट म्याद थप अनुमति लिई मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत उपचारसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको छ।

0 Comments