२६ असार २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वरिष्ठ सचिव किरणराज शर्मा बिदामा, कार्यकाल पूरा गर्दै साउन ४ गते अनिवार्य अवकाशमा जाने

अ+ अ-

मुख्यसचिव नियुक्तिपछि बिदा स्वीकृत, पदबहाली कार्यक्रममा पनि अनुपस्थित

काठमाडौँ । नेपाल सरकारका वरिष्ठ सचिव किरणराज शर्मा बिदामा बसेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतका अनुसार शर्माले शुक्रबारदेखि साउन ३ गतेसम्म बिदा स्वीकृत गराएका छन्। सचिव पदमा उनको पाँच वर्षे कार्यकाल साउन ४ गते पूरा हुने भएकाले उनी बिदामै रहँदा अनिवार्य अवकाशमा जानेछन्।

स्रोतका अनुसार अवकाशअघि आवश्यक प्रशासनिक तथा व्यक्तिगत कागजी प्रक्रिया मिलाउनका लागि उनले बिदा लिएका हुन्। यस अवधिमा उनी कार्यालयमा उपस्थित नहुने जनाइएको छ।

शर्मा शुक्रबार आयोजित नवनियुक्त मुख्य सचिव गोविन्द बहादुर कार्कीको पदबहाली कार्यक्रममा पनि उपस्थित भएनन्। मन्त्रिपरिषद्ले गत बुधबार कार्कीलाई मुख्य सचिव नियुक्त गर्ने निर्णय गरेको थियो।

शर्मा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमै सचिवका रूपमा कार्यरत थिए। उनले सरकारको नीति तथा कार्यक्रम तयारीलगायत विभिन्न प्रशासनिक कार्यको नेतृत्व गरेका थिए। सचिवहरूको वरियतामा पहिलो स्थानमा रहेका कारण मुख्य सचिव पदका सम्भावित दाबेदारका रूपमा उनको नाम चर्चामा रहेको थियो।

सरकारले वरियतामा रहेका अन्य सचिवहरूलाई पछि पार्दै कार्कीलाई मुख्य सचिव नियुक्त गरेपछि निजामती प्रशासनमा नेतृत्व छनोट, वरियताक्रम र प्रशासनिक परम्पराबारे विभिन्न तहमा चर्चा सुरु भएको छ।

शर्माको सचिव पदको पाँच वर्षे कार्यकाल साउन ४ गते पूरा हुने भएकाले उनी सोही दिनदेखि अनिवार्य अवकाशमा जानेछन्।

Leave a Reply