काठमाडौँ । सरकारले निजामती सेवामा कार्यरत कर्मचारीहरूको मुल्यांकन प्रणालीलाई तथ्यपरक र वस्तुगत बनाउन कार्यसम्पादनमा आधारित मुल्यांकन प्रणाली अनिवार्य रूपमा लागू गर्न निर्देशन दिएको छ।
भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै मन्त्रालय, आयोग, सचिवालय, सातै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्का कार्यालय र सबै स्थानीय तहलाई परिपत्र गर्दै नयाँ व्यवस्था तत्काल कार्यान्वयन गर्न निर्देशन पनि दिएको छ ।
मन्त्रालयले सोमबार जारी गरेको परिपत्रमा यो प्रणालीले निजामती सेवामा उत्तरदायित्व र पारदर्शिता बढाई समग्र शासकीय प्रणालीमा सुधार ल्याउने विश्वास व्यक्त गरिएको छ।
हेर्नुहोस् परिपत्र









