१५ भाद्र २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विपदमा परेका २८९ पर्यटकको उद्धार, ५९१ जना अझै सम्पर्कविहीन

अ+ अ-

काठमाडौँ । नेपाल पर्यटन बोर्डले भोटेकोशी विपद्का कारण अलपत्र परेका २ सय ८९ जना पर्यटकको उद्धार गरिएको बताएको छ ।

५ सय ९१ जना अझै सम्पर्कविहीन रहेको बोर्डका प्रवक्ता सुनिल शर्माले बताए । उनका अनुसार उद्धार गरिएका र सम्पर्कविहीन भएकाहरूमा स्वदेशी तथा विदेशी दुवै नागरिक रहेका छन् ।

पर्यटक प्रहरी र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयमा प्राप्त तथ्यांक अनुसार उद्धार गरिएकामध्ये सबैभन्दा बढी १ सय ८० जना भारतीय नागरिक रहेका छन् ।

यस्तै, चीनका ८९ जना र अन्य विभिन्न देशका पर्यटकहरूको उद्धार गरिएको छ । बोर्डले हालसम्म १२ वटा राष्ट्रका पर्यटकहरूको तथ्यांक संकलन गरी आफ्नो आधिकारिक फेसबुक पेजमार्फत नियमित अपडेट गरिरहेको जनाएको छ ।
प्रवक्ता शर्माले विपद्को जानकारी प्राप्त हुनासाथ बोर्डले सक्रियता देखाएको बताए ।

अगस्ट २६ देखि नै कैलाश मानसरोवरका टुर अपरेटर तथा अन्य सरोकारवालाहरूसँग बैठक बसी सूचना संकलन सुरु गरिएको थियो । सूचनालाई व्यवस्थित बनाउन गुगल फर्म, इमेल र ह्वाट्सएपको प्रयोग गरिएको छ भने पर्यटक प्रहरीसँग तथ्यांक प्रमाणीकरण गर्ने काम भइरहेको छ ।

उनले भने, ‘हामीले पर्यटन बोर्डमा हेल्प डेस्क स्थापना गरेका छौँ । सम्पर्कविहीन रहेका पर्यटकका परिवार र आफन्तहरू सोधपुछका लागि कार्यालयमै आउने गर्नुभएको छ । उहाँहरूलाई सूचना उपलब्ध गराई आश्वस्त पार्ने काम भइरहेको छ । राज्यको निकायले अभिभावकत्व ग्रहण गर्दा पीडित परिवारमा सकारात्मक सन्देश गएको छ ।’

विशेष गरी तातोपानी र सीमा क्षेत्रका होटेल तथा अध्यागमन कार्यालय आसपासका क्षेत्रबाट बढी सूचना प्राप्त भइरहेको बोर्डले जनाएको छ । कतिपय पर्यटक इमिग्रेसन पार गर्ने क्रममा त कतिपय होटेलमा बसिरहेको अवस्थामा सम्पर्कविहीन भएका हुन् । ट्रेकिङ र टुर एजेन्सीहरूले आफ्ना पर्यटकमार्फत विवरण उपलब्ध गराइरहेका छन् । बोर्डले परराष्ट्र मन्त्रालय, नेपाल प्रहरी र सम्बन्धित देशका दूतावासहरूसँगको समन्वयमा सूचना प्रवाहलाई तीव्रता दिएको छ । नेपाल प्रहरीले तोकेका सम्पर्क व्यक्ति र अस्पतालहरूको सूची समेत सम्प्रेषण गरी उद्धार र राहत कार्यमा सहजीकरण भइरहेको प्रवक्ता शर्माले जानकारी दिए ।

0 Comments