३० भाद्र २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सरुवा भएका कर्मचारीलाई समयमै रमाना दिन निर्देशन, अटेर गरे कानुनबमोजिम कारवाही हुने

अ+ अ-

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा भएका निजामती कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमाना दिई नयाँ कार्यालयमा हाजिर गराउन निर्देशन दिएको छ। तोकिएको अवधिभित्र रमाना नदिए कानुनबमोजिम कारवाही हुने चेतावनीसमेत सरकारले दिएको छ।

मन्त्रालयले भदौ ३० गते सचिवस्तरीय निर्णय गर्दै सबै मन्त्रालय, आयोग, सचिवालय, सातवटै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र स्थानीय तहलाई यस्तो निर्देशन दिएको हो।

मन्त्रालयका अनुसार पछिल्लो समय सरुवा भएका कर्मचारीलाई बहाली म्याद सकिएपछि पनि रमाना नदिने, विभिन्न बहानामा साबिककै कार्यालयमा राखेर कामकाज गराउने तथा सरुवा भइसकेपछि पनि पूर्वकार्यालयबाटै तलब भत्ता भुक्तानी गर्ने गरेको पाइएको छ।

यसका कारण स्थानीय तहमा जनशक्ति अभाव भई सेवा प्रवाहमा समेत गम्भीर समस्या उत्पन्न भएको मन्त्रालयले जनाएको छ।

निजामती सेवा नियमावली, २०५० को नियम ३८ को उपनियम (२) को खण्ड (ग) अनुसार तोकिएको म्यादभित्र रमाना नदिई साबिककै कार्यालयबाट तलब भत्ता भुक्तानी गरिएमा रमाना दिनुपर्ने म्यादभन्दा बढी अवधिको तलब भत्ता रमाना नदिने कार्यालय प्रमुख र भुक्तानी दिने लेखा प्रमुखबाट असुलउपर हुने व्यवस्था छ।

मन्त्रालयले सरुवा भएका कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमाना गर्ने व्यवस्था मिलाउन निर्देशन दिँदै अन्यथा कानुनबमोजिम हुने स्पष्ट पारेको छ।

त्यस्तै, महालेखा परीक्षकको कार्यालयलाई सरुवा भएका कर्मचारीलाई रमाना नदिई तलब भत्ता भुक्तानी गरिएको विषयलाई लेखापरीक्षणका क्रममा बेरुजु कायम गरी निर्णय कार्यान्वयनमा सहयोग गर्न आग्रह गरिएको छ।

महालेखा नियन्त्रकको कार्यालयलाई पनि मातहतका सबै कोष तथा लेखा नियन्त्रक कार्यालयमार्फत उक्त निर्णय कार्यान्वयनमा सहयोग गर्न परिपत्र गर्न मन्त्रालयले अनुरोध गरेको छ।

0 Comments