१३ आश्विन २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पूर्वाञ्चल विश्वविद्यालयको १ अर्ब ९९ करोडको बजेट पारित, एआई र चिकित्सा शिक्षामा जोड

अ अ+ अ-

काठमाडौँ । पूर्वाञ्चल विश्वविद्यालयले आगामी आर्थिक वर्ष २०८३-८४ का लागि १ अर्ब ९९ करोड १६ लाख ९७ हजार रुपैयाँको बजेट पारित गरेको छ। विश्वविद्यालयको ४३औँ सभाले आगामी वर्षका लागि प्रस्तावित आय-व्यय विवरण, नीति तथा कार्यक्रम सर्वसम्मत रूपमा स्वीकृत गरेको हो।

सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा शिक्षा तथा खेलकुद मन्त्री एवं विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलको अध्यक्षतामा बसेको सभामा रजिस्ट्रार प्रा.डा. पन्ना बहादुर थापाले प्रस्तुत गरेको बजेट तथा नीति कार्यक्रम पारित भएको विश्वविद्यालयले जनाएको छ।

विश्वविद्यालयले आगामी वर्ष शैक्षिक रूपान्तरण, प्रविधिमैत्री पूर्वाधार विकास र चिकित्सा शिक्षाको विस्तारलाई प्राथमिकतामा राखेको छ। गोठगाउँमा रहेको ८०५ बिघा जग्गामा गुरुयोजनाअनुसार एकीकृत भौतिक संरचना निर्माण तथा विकास गर्ने योजना अघि सारिएको छ।

प्रविधितर्फ कृत्रिम बुद्धिमत्ता (एआई), डाटा साइन्स र साइबर सेक्युरिटीलगायतका क्षेत्रमा नयाँ तथा विशिष्टीकृत पाठ्यक्रम निर्माण गरी सञ्चालन गर्ने विश्वविद्यालयको योजना छ। चिकित्सा शिक्षा र इन्जिनियरिङतर्फ पनि आवश्यकता र बजार अनुकूल विशिष्टीकृत पाठ्यक्रम विकास गर्ने नीति लिइएको छ।

विश्वविद्यालयका प्रशासनिक तथा शैक्षिक सेवा प्रणालीलाई एकीकृत डिजिटल इकोसिस्टममा रूपान्तरण गरी सेवा प्रवाहलाई सहज, पारदर्शी र प्रविधिमैत्री बनाउने लक्ष्यसमेत बजेटमा समेटिएको छ।

चिकित्सा शिक्षातर्फ गोठगाउँ परिसरमा निर्माणाधीन १०० शय्याको मातृ–शिशु अस्पताल निर्माण सम्पन्न गर्ने योजना विश्वविद्यालयले अघि सारेको छ। कोशी अस्पतालसँगको सहकार्यमा चिकित्सा शिक्षाको गुणस्तर सुधार तथा शैक्षिक कार्यक्रमलाई थप प्रभावकारी बनाउने कार्यक्रमसमेत राखिएको छ।

सभालाई सम्बोधन गर्दै शिक्षामन्त्री पोखरेलले प्रविधिको तीव्र विकास र विश्वव्यापीकरणबाट सिर्जित आवश्यकताअनुसार उच्च शिक्षा प्रणालीमा परिवर्तन आवश्यक रहेको बताए। विश्वविद्यालयले विद्यार्थीलाई रोजगारी खोज्ने जनशक्तिमा मात्र सीमित नराखी रोजगारी सिर्जना गर्न सक्ने उद्यमशील जनशक्तिका रूपमा विकास गर्नुपर्नेमा उनले जोड दिए।

पारित नीति तथा कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न स्पष्ट कार्ययोजना, जिम्मेवारी र समयसीमा निर्धारण गर्न पनि मन्त्री पोखरेलले विश्वविद्यालय नेतृत्वलाई निर्देशन दिए।

शिक्षा मन्त्रालयका सचिव चुडामणि पौडेलले स्वीकृत बजेटलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै शैक्षिक प्रणाली सुधारमा केन्द्रित हुनुपर्ने बताए। अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्यायले विश्वविद्यालयले प्रस्तुत गरेको बजेट तथा नीति कार्यक्रमलाई सकारात्मक रहेको धारणा राखे।

विश्वविद्यालयले अनुसन्धान र अन्तर्राष्ट्रिय सहकार्यलाई समेत आगामी वर्षको कार्यक्रममा समेटेको छ। जलवायु परिवर्तन तथा विपद् जोखिम न्यूनीकरणसम्बन्धी विशेष अनुसन्धान केन्द्र स्थापना गर्ने, विदेशी विश्वविद्यालयसँग संयुक्त डिग्री तथा विद्यार्थी आदान-प्रदान कार्यक्रम सञ्चालन गर्ने र पछाडि परेका वर्गका विद्यार्थीलाई समावेशी छात्रवृत्तिको पहुँच विस्तार गर्ने योजना अघि सारिएको छ।

सभाले विश्वविद्यालयको कार्यकारी परिषद्का लागि तीन वर्षका लागि तीन सदस्य मनोनयन गर्ने निर्णयसमेत गरेको छ। डीनतर्फ चिकित्साशास्त्र संकायकी डीन प्रा.डा. परिचा उपाध्याय ढुंगेल र कला, कानून तथा शिक्षाशास्त्र संकायका डीन प्रा।डा। कृष्णप्रसाद पाण्डेलाई तथा शिक्षकतर्फ पूर्वाञ्चल विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्ट, विराटनगरमा कार्यरत प्राध्यापक मोहनबहादुर बस्नेतलाई मनोनयन गरिएको विश्वविद्यालयले जनाएको छ।

पारित नीति, कार्यक्रम तथा बजेटमार्फत पूर्वाञ्चल विश्वविद्यालयलाई गुणस्तरीय, प्रतिस्पर्धी, अनुसन्धानमुखी, प्रविधिमैत्री र आत्मनिर्भर उच्च शैक्षिक संस्थाका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ।

0 Comments