१३ आश्विन २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

धरानमा शिक्षक माग्दै अनशन बसेका रोजनले तोडे अनशन, पाँचबुँदे सहमति

अ अ+ अ-

काठमाडौँ । धरानका दुई सामुदायिक विद्यालयमा शिक्षक पदपूर्तिको माग गर्दै आमरण अनशन बसेका रोजन शंकरले अनशन तोडेका छन्।

धरान उपमहानगरपालिकाका कार्यवाहक मेयर आइन्द्रविक्रम बेघा र नगर बाल सञ्जालका प्रतिनिधिबीच पाँचबुँदे सहमति भएपछि रोजनले अनशन तोडेका हुन्। कार्यवाहक मेयर बेघाले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुगेर रोजनलाई जुस पिलाउँदै अनशन अन्त्य गराएका थिए।

धरान–११ स्थित ज्ञानोदय माध्यमिक विद्यालय र धरान–६ स्थित सरस्वती माध्यमिक विद्यालयमा लामो समयदेखि रिक्त शिक्षक पदपूर्ति गर्नुपर्ने माग राख्दै नगर बाल सञ्जाल आन्दोलनमा उत्रिएको थियो। सञ्जालका अनुसार ज्ञानोदयमा तीन वर्षदेखि र सरस्वतीमा नौ महिनादेखि शिक्षक अभाव रहेको थियो।

शिक्षक अभावका कारण विशेष गरी कक्षा १० का विद्यार्थीको पठनपाठन प्रभावित हुँदै आएको भन्दै बाल सञ्जालले शिक्षक नियुक्तिको माग गर्दै आन्दोलन गरेको थियो।

अनशनका क्रममा माग सुनुवाइ नभएको भन्दै रोजनले केही दिनअघि धरान उपमहानगरपालिकाका कार्यवाहक मेयरकै कार्यकक्षमा फिनेल सेवन गरेका थिए। त्यसपछि उनलाई तत्काल बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि लगिएको थियो।

सहमति कार्यान्वयन गर्दै दुवै विद्यालयमा तत्काल शिक्षक नियुक्तिको प्रक्रिया अघि बढाउने प्रतिबद्धता कार्यवाहक मेयर बेघाले जनाएका छन्।

0 Comments