१३ आश्विन २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गण्डकीका प्रमुख सचिव बराल सतर्कता केन्द्रमा सरुवा, केही समयअघि मात्रै फेरिएको थियो सचिवको दरबन्दी

गण्डकी प्रदेशको प्रमुख सचिवमा आभा श्रेष्ठ कर्णलाई पदस्थापन गरेसँगै भूपाल बराल राष्ट्रिय सतर्कता केन्द्रमा सरुवा भएका छन्। केही समयअघि मात्रै प्राविधिकतर्फ रहेको केन्द्रको सचिव दरबन्दी प्रशासनतर्फ कायम गरिएको थियो।

अ अ+ अ-

काठमाडौँ । गण्डकी प्रदेशका प्रमुख सचिव भूपाल बरालको राष्ट्रिय सतर्कता केन्द्रमा सरुवा भएको छ।

प्रशासन सिंहदरबार स्रोतका अनुसार सरकारले बराललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहतको राष्ट्रिय सतर्कता केन्द्रको सचिवमा सरुवा गरेको हो।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सहसचिव आभा श्रेष्ठ कर्णलाई सचिवमा बढुवा गरी गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रमुख सचिवमा पदस्थापन गर्ने निर्णय गरेको थियो। कर्णको पदस्थापनसँगै त्यहाँ कार्यरत बरालको नयाँ जिम्मेवारी भने तत्काल सार्वजनिक गरिएको थिएन।

अब बराललाई राष्ट्रिय सतर्कता केन्द्रमा पठाउने गरी जिम्मेवारी टुंगिएको प्रशासन सिंहदरबार स्रोतले बतायो।

केही समयअघि फेरिएको थियो सतर्कताको सचिव दरबन्दी
राष्ट्रिय सतर्कता केन्द्रको सचिव दरबन्दीमा केही समयअघि मात्रै दरबन्दी साँटफेर गरिएको थियो ।

यसअघि राष्ट्रिय सतर्कता केन्द्रमा प्राविधिकतर्फ सचिवको दरबन्दी रहँदै आएको थियो। पछिल्लो दरबन्दी मिलानका क्रममा केन्द्रको उक्त दरबन्दी प्रशासन सेवातर्फ कायम गरिएको हो।

त्यसक्रममा सार्वजनिक खरिद अनुगमन कार्यालयमा रहेको प्रशासनतर्फको सचिव दरबन्दीलाई प्राविधिकतर्फ कायम गर्दै राष्ट्रिय सतर्कता केन्द्रमा रहेको प्राविधिकतर्फको सचिव दरबन्दी प्रशासनतर्फ मिलाईएको थियो ।

राजस्वबाट गण्डकी हुँदै सतर्कतामा
बराल यसअघि अर्थ मन्त्रालयमा राजस्व सचिव थिए। सरकारले उनलाई त्यहाँबाट गण्डकी प्रदेशको प्रमुख सचिवमा पठाएको थियो।

अहिले कर्णलाई बढुवालगत्तै गण्डकीको प्रमुख सचिव बनाएपछि बराललाई राष्ट्रिय सतर्कता केन्द्रमा ल्याइएको हो।

यससँगै छोटो अवधिमै बरालको जिम्मेवारी राजस्व सचिवबाट गण्डकी प्रदेशको प्रमुख सचिव हुँदै राष्ट्रिय सतर्कता केन्द्रको सचिवमा पुगेको छ।

0 Comments