२२ आश्विन २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मन्त्री बादी र अमेरिकी कार्यवाहक राजदूतबीच भेटवार्ता, बाढीपछिको पुनर्स्थापनामा सहकार्य गर्ने प्रतिबद्धता

अ अ+ अ-

काठमाडौँ । महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादी र नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत सुश्री मेघन बोल्डिनबीच भेटवार्ता भएको छ।

भेटवार्तामा नेपाल–अमेरिका सम्बन्ध, रसुवा लगायत बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना तथा पुनर्निर्माण, मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण र सामाजिक विकासका क्षेत्रमा सहकार्य थप सुदृढ गर्ने विषयमा छलफल भएको हो।

भेटवार्तामा कार्यवाहक राजदूत बोल्डिनले रसुवामा आएको आकस्मिक बाढीमा परी ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरे। उनले बाढीबाट प्रभावित समुदायको अवस्था र पुनर्स्थापनाका प्रयासबारे चासो व्यक्त गर्दै नेपालसँग सहकार्य गर्ने प्रतिबद्धता जनाइन् ।

मन्त्री बादीले नेपाल र संयुक्त राज्य अमेरिकाबीच सन् १९४७ देखि कायम कूटनीतिक सम्बन्ध पारस्परिक सम्मान, विश्वास, विकास सहकार्य र जनस्तरीय सम्बन्धमा आधारित रहेको उल्लेख गर्दै आगामी दिनमा दुई देशबीचको सहकार्य थप विस्तार हुने विश्वास व्यक्त गरिन्। उनले सन् २०२६ अगस्ट २६ मा नेपाल-तिब्बत सीमा क्षेत्रमा आएको बाढीबाट महिला, किशोरी तथा बालबालिकाको सुरक्षा, संरक्षण र शिक्षामा थप चुनौती सिर्जना भएको जानकारी गराउँदै प्रभावित क्षेत्रको पुनर्स्थापना र पुनर्निर्माणमा अमेरिकी सहयोग र सहकार्यको अपेक्षा व्यक्त गरिन्।

भेटमा मन्त्री बादीले बाढी प्रभावित समुदायको उद्धार, राहत, पुनर्स्थापना तथा पुनर्निर्माणका लागि नेपाल सरकारले उपलब्ध स्रोत, साधन र जनशक्ति परिचालन गरी काम गरिरहेको जानकारी दिइन्। मन्त्रालयले आफ्नो कार्यक्षेत्रभित्र जोखिममा रहेका महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति तथा अन्य सीमान्तकृत समुदायको संरक्षण र सामाजिक सुरक्षालाई प्राथमिकतामा राखेको उनले बताइन्।

भेटवार्तामा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणका विषयमा समेत विस्तृत छलफल भएको थियो। अमेरिकी विदेश मन्त्रालयको मानव बेचबिखनसम्बन्धी प्रतिवेदन (टीआईपी रिपोर्ट) मा उठाइएका विषय तथा सुझावलाई नेपाल सरकारले गम्भीरतापूर्वक लिएको जानकारी गराउँदै मन्त्री बादीले मानव बेचबिखनविरुद्धको राष्ट्रिय नीति, २०८२ तथा राष्ट्रिय कार्ययोजना कार्यान्वयनमा रहेको बताइन्। पीडितको संरक्षण, अनुसन्धान तथा अभियोजन, पुनर्स्थापना र सहायता संयन्त्रलाई थप प्रभावकारी बनाउने काम अघि बढिरहेको उनले जानकारी दिए ।

राजदूत बोल्डिनले पनि मानव बेचबिखन नियन्त्रण तथा पीडितको संरक्षणका क्षेत्रमा नेपालसँग मिलेर काम गर्ने अमेरिकी प्रतिबद्धता व्यक्त गर्नुभयो। आगामी टीआईपी प्रतिवेदनमा नेपालले गरेका सुधार तथा हासिल गरेको प्रगति वस्तुनिष्ठ र सन्तुलित रूपमा प्रतिबिम्बित हुने अपेक्षा समेत भेटमा व्यक्त गरिएको थियो।

नेपालले मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ संशोधन प्रक्रिया अघि बढाएको तथा सुरक्षित, व्यवस्थित र नियमित श्रम आप्रवासन प्रवर्द्धन गर्न राष्ट्रिय श्रम आप्रवासन नीति, २०८२ अपनाएको जानकारी पनि दिइएको थियो। महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति, लैंगिक तथा यौनिक अल्पसङ्ख्यक तथा अन्य सीमान्तकृत समुदायको संरक्षण, समावेशिता र सशक्तीकरणका क्षेत्रमा नेपाल-अमेरिका सहकार्यलाई थप परिणाममुखी बनाउने विषयमा समेत जोड दिइएको छ।

0 Comments