काभ्रेपलाञ्चोक । जिल्ला निर्वाचन कार्यालयले मतदाता नामावली अद्यावधिक गरेको छ । यस क्रममा दुई हजार ६०२ मतदाताको नाम हटाइएको छ ।
उक्त कार्यालयका अनुसार दोहोरो दर्ता भएका एक हजार १९८, मृत्यु भएका एक हजार ४०२ र नागरिकता परित्यागका दुई जनाको नाम हटाइएको हो ।
निर्वाचन आयोगले २०८४ वैशाखभित्र स्थानीय तहको निर्वाचन गर्ने तयारी गरेको छ । काभ्रेपलाञ्चोकमा गत प्रतिनिधिसभा निर्वाचनमा तीन लाख २६ हजार ६११ मतदाता थिए ।
नाम हटेका सबैभन्दा धेरै भुम्लु गाउँपालिकाका हुन् । उक्त पालिकाबाट ४४७ जनाको नाम कट्टा गरिएको छ । पनौती नगरपालिकाबाट ४३८ जनाको नाम हटाइएको छ भने नमोबुद्ध नगरको ३९० जनाको नाम कट्टा भएको छ ।
यसैगरी, बनेपा नगरका ३२०, धुलिखेलका १७७, मण्डनदेउपुरका १०२ पाँचखालका १३८, महाभारतको चौँरीदेउरालीका ११८, रोशीका ९९, बेथानचोकका ८८, तेमालका ८२ र खानीखोलाका ६८ जनाको नाम हटाइएको छ ।



