१२ कार्तिक २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चक्रवाती आँधी ‘अर्नब’को सम्भावित प्रभाव : सुरक्षा निकायदेखि विमानस्थलसम्म उच्च सतर्कता

वर्षा, हिमपात र हावाहुरीको सम्भावित जोखिमलाई ध्यानमा राख्दै सरकारद्वारा पूर्वतयारी तीव्र, पदयात्रा तथा हवाई उडानमा मौसमको अवस्था हेरेर निर्णय लिन आग्रह।

अ अ+ अ-

काठमाडौँ । चक्रवाती आँधी ‘अर्नब’का कारण नेपालमा पर्न सक्ने सम्भावित मौसमी प्रभावलाई ध्यानमा राख्दै सरकारले सुरक्षा निकाय, विमानस्थल तथा विपद् व्यवस्थापनसँग सम्बन्धित निकायलाई उच्च सतर्कतामा राखेको छ। सम्भावित वर्षा, हिमपात र हावाहुरीबाट हुन सक्ने जनधनको क्षति न्यूनीकरण गर्दै अत्यावश्यक सेवा नियमित सञ्चालन गर्ने गरी पूर्वतयारी अघि बढाइएको हो।

भारतको आन्ध्र प्रदेश र विशाखापटनम आसपास प्रभाव पार्ने अनुमान गरिएको चक्रवात नेपालसम्म आइपुग्दा कमजोर हुने आकलन गरिएको छ। यसका कारण अत्यधिक तीव्र हावाहुरीको जोखिम तुलनात्मक रूपमा कम रहने अनुमान भए पनि वर्षा, हिमपात तथा केही स्थानमा हावाहुरीको सम्भावना कायमै रहेको जनाइएको छ।

सम्भावित जोखिमलाई ध्यानमा राख्दै सुरक्षा निकायहरूले विभिन्न स्थानमा माइकिङमार्फत सर्वसाधारणलाई सचेत गराउने काम अघि बढाएका छन्। प्रतिकूल मौसमका कारण उत्पन्न हुन सक्ने जोखिमबाट जोगिन आवश्यक सावधानी अपनाउन नागरिकलाई आग्रह गरिएको छ।

विशेष गरी पदयात्रा तथा पर्वतारोहणका गतिविधिमा मौसमको सम्भावित प्रभावलाई ध्यान दिन सम्बन्धित निकायहरूले आग्रह गरेका छन्। पर्यटन विभाग, नेपाल पर्यटन बोर्ड र नेपाल पर्वतारोहण संघले पर्यटक, पदयात्री तथा पर्वतारोही टोलीलाई यात्रा सुरु गर्नुअघि आधिकारिक मौसम पूर्वानुमानको पछिल्लो विवरण अध्ययन गरेर मात्र निर्णय लिन सुझाव दिएका छन्।

यसैबीच, सम्भावित मौसमी प्रतिकूलताबाट हवाई उडान प्रभावित हुन सक्ने अवस्थालाई ध्यानमा राख्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थलहरूलाई आवश्यक पूर्वतयारी अवस्थामा रहन निर्देशन दिएको छ।

प्राधिकरणले विमानस्थल सञ्चालन, हवाई ट्राफिक व्यवस्थापन, धावनमार्ग निरीक्षण, वैकल्पिक उडान योजना तथा सञ्चार र विद्युत् प्रणालीको तयारीमा विशेष ध्यान दिन भनेको छ। मौसमका कारण उडान सञ्चालनमा आउन सक्ने चुनौतीलाई सम्बोधन गर्न आवश्यक संयन्त्र तयारी अवस्थामा राख्न निर्देशन दिइएको हो।

त्यस्तै, विभिन्न जिल्ला प्रशासन कार्यालयहरूले आफ्नो कार्यक्षेत्रभित्रको सम्भावित मौसमी जोखिम मूल्याङ्कन गरी आवश्यक पूर्वतयारी अघि बढाएका छन्। स्थानीय परिस्थितिअनुसार सुरक्षा सतर्कता अपनाउन र सम्बन्धित निकायबाट जारी हुने सूचनाको पालना गर्न सर्वसाधारणलाई आग्रह गरिएको छ।

सरकारले सम्भावित मौसमी जोखिमका विषयमा फैलिन सक्ने अपुष्ट सूचना तथा अफवाहबाट सचेत रहन पनि नागरिकलाई आग्रह गरेको छ। मौसम पूर्वानुमान तथा विपद्सम्बन्धी आधिकारिक निकायबाट जारी हुने सूचनालाई आधार मानेर यात्रा तथा अन्य गतिविधि सञ्चालन गर्न अनुरोध गरिएको छ।

सम्भावित मौसमी प्रभावबाट जनधनको सुरक्षा सुनिश्चित गर्ने, जोखिम न्यूनीकरण गर्ने र अत्यावश्यक सेवा सञ्चालनमा अवरोध आउन नदिने विषयलाई सरकारले पूर्वतयारीको प्राथमिकतामा राखेको छ।

0 Comments