२९ कार्तिक २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानमन्त्री शाहको सचिवालयका सदस्यहरूको जिम्मेवारी हेरफेर, पाँच संयोजक र पाँच उपसंयोजक तोकिए

पाँच संयोजकलाई सहसचिवसरह र पाँच उपसंयोजकलाई उपसचिवसरहको सेवा सुविधा तोकिएको छ । प्रधानमन्त्रीका सल्लाहकार र स्वकीय सचिवहरूको जिम्मेवारी यथावत् छ ।

अ अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले आफ्नो सचिवालयका सदस्यहरूको जिम्मेवारी हेरफेर गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका एक अधिकारीका अनुसार पाँच जनालाई सहसचिवसरहको सेवा सुविधासहित संयोजक र पाँच जनालाई उपसचिवसरहको सेवा सुविधासहित उपसंयोजक तोकिएको छ ।

विकास परियोजना हेर्दै आएका सञ्जीव पाण्डेलाई विकास तथा मन्त्रालयगत समन्वय संयोजक बनाइएको छ । यसअघि कार्यक्रम तथा भ्रमणको जिम्मेवारीमा रहेका सन्तोष गिरीलाई अन्तरनिकाय समन्वय संयोजक तोकिएको छ । सामाजिक विकाससम्बन्धी विषय हेर्दै आएका विश्व राईले सामाजिक विकास समन्वय संयोजकको जिम्मेवारी पाएका छन् ।

प्रेस तथा अनुसन्धान विज्ञ रहेकी दीपा दाहाललाई मिडिया व्यवस्थापन संयोजक बनाइएको छ । यसअघि उपसचिवसरहका सचिवालय सदस्य विशाल अधिकारीलाई सहसचिवसरहको सेवा सुविधासहित सरकारी मामिला तथा योजना समन्वय संयोजक तोकिएको छ ।

उपसंयोजकतर्फ सुमन गौतमलाई नागरिक उड्डयन समन्वय, रविकिरण अधिकारीलाई सामाजिक विकास समन्वय र प्रकृति ढकाललाई स्वास्थ्य समन्वयको जिम्मेवारी दिइएको छ । विनय शाक्यलाई संस्कृति तथा सम्पदा समन्वय र दीपकप्रसाद ओलीलाई नीति मस्यौदा अध्ययन उपसंयोजक तोकिएको छ ।

सचिवालयका एक सदस्यका अनुसार सदस्यहरूले हालसम्म गरेको कामको समीक्षा गरी जिम्मेवारी हेरफेर गरिएको हो ।

प्रधानमन्त्रीका सल्लाहकारहरूको जिम्मेवारी यथावत् छ । कुमार व्यञ्जनकार मुख्य सल्लाहकार, असिम शाह राजनीतिक सल्लाहकार र प्रा.डा. जगदीशप्रसाद अग्रवाल स्वास्थ्य सल्लाहकार छन् । सुदीप ढकाल नीति, प्रशासन तथा सुशासन सल्लाहकार र विवेक मिश्र सूचना तथा सञ्चार प्रविधि सल्लाहकार छन् ।

प्रमुख स्वकीय सचिव सुवास शर्मा र स्वकीय सचिव नवीन भण्डारी पनि यथावत् छन् ।

0 Comments