१३ मंसिर २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दशौँ राष्ट्रिय खेलकुदको सुरक्षा समन्वय बैठक सम्पन्न, संयुक्त रूपमा जनशक्ति परिचालन गर्ने निर्णय

मंसिर १६ गते प्रधानमन्त्री वालेन्द्र शाहको उपस्थितिमा उद्घाटन हुने प्रतियोगिताका लागि भीड नियन्त्रण, सीसीटीभी निगरानी, ट्राफिक व्यवस्थापन र सुरक्षा समन्वयलाई प्राथमिकता ।

अ अ+ अ-

काठमाडौँ । कर्णाली प्रदेशमा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको सुरक्षा व्यवस्थापनका लागि सबै सुरक्षा निकायबिच निरन्तर समन्वय र परिस्थिति अनुसार संयुक्त रूपमा जनशक्ति परिचालन गर्ने निर्णय गरिएको छ ।

प्रतियोगिताको उद्घाटन समारोहदेखि समापनसम्मको सुरक्षा प्रबन्धलाई प्रभावकारी बनाउन सुर्खेतमा निरन्तर विशेष सुरक्षा समन्वय बैठक भइरहेको छ । बैठकले सुरक्षा निकायबिच तत्काल सूचना आदानप्रदान गर्ने र आवश्यकताअनुसार संयुक्त परिचालन गर्ने निर्णय गरेको हो ।

कर्णाली प्रदेशमा पहिलो पटक आयोजना हुन लागेको राष्ट्रिय खेलकुद प्रतियोगिताको औपचारिक उद्घाटन मंसिर १६ गते प्रधानमन्त्री शाहको उपस्थितिमा वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रंगशालामा हुनेछ ।

विशिष्ट व्यक्तिहरूको आगमन, खेलाडी तथा अफिसियलको आवास व्यवस्थापन र दर्शकको बाक्लो उपस्थितिलाई ध्यानमा राखेर सुरक्षा रणनीतिमाथि छलफल गरिएको छ ।

रंगशालामा प्रवेश र बाहिरिने मार्गको व्यवस्थापन, भीड नियन्त्रण, सवारीसाधनको पार्किङ, ट्राफिक व्यवस्थापन, खेलस्थलमा सीसीटीभीमार्फत निगरानी, नियमित सुरक्षा गस्ती तथा अतिविशिष्ट पाहुनाको सुरक्षित आवागमनलाई सुरक्षा योजनामा प्राथमिकता दिइएको छ ।

मंसिर २७ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा सात प्रदेश, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका तीन विभागीय टोली तथा गैरआवासीय नेपाली संघ (एनआरएनए) सहित ११ टोलीका खेलाडी सहभागी छन् ।

सुरक्षा समन्वय बैठकमा कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाही, सामाजिक विकास मन्त्री जीतबहादुर मल्ल, प्रदेश सरकारका प्रमुख सचिव राधिका अर्याल, प्रधानमन्त्रीका प्रेस संयोजक दिपा दाहाल र राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रामचरित्र मेहता सहभागी थिए ।

त्यस्तै, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रदेश सचिवद्वय डा. रमेशकुमार केसी र लक्ष्मीकुमार विक, सामाजिक विकास मन्त्रालयका प्रदेश सचिव रोशनीकुमारी श्रेष्ठ, सुर्खेतका प्रमुख जिल्ला अधिकारी महेन्द्रकुमार सापकोटा, कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक जयराज सापकोटा, सशस्त्र प्रहरी बल नेपाल नं. ६ महेश्वरी बाहिनीका सशस्त्र प्रहरी नायब महानिरीक्षक कृष्णराज पाठक र राष्ट्रिय अनुसन्धान कर्णाली प्रदेश कार्यालयका अनुसन्धान निर्देशक नवीनराज अधिकारीको सहभागिता थियो ।

बैठकमा कर्णाली प्रदेश खेलकुद परिषद्का उपाध्यक्ष प्रमोद हमाल र सदस्यसचिव रोविन चन्द, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिव विद्याप्रसाद उपाध्याय र शाखा अधिकृत नवराज शर्मा, उत्तरपश्चिम पृतना निमारे ब्यारेकका महासेनानी विदुर अधिकारी, प्रदेश ट्राफिक कार्यालयका प्रहरी उपरीक्षक मुकुन्दप्रसाद रिजाल र कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रहरी निरीक्षक खिमबहादुर खड्का पनि सहभागी थिए ।

सुरक्षा प्रबन्ध उपसमितिका सचिव सरोजकुमार पोखरेल र सदस्य कुमार बस्नेत, मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव राकेशबहादुर शाही, निजी सचिव मुकुन्द शर्मा तथा स.प्र.उ.ना. बिरसिंह धामीसमेत बैठकमा उपस्थित थिए ।

0 Comments