३० असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विश्वविद्यालयलाई दलीय राजनीतिमुक्त बनाउने उपकुलपतिहरूको प्रतिबद्धता, प्रधानमन्त्रीद्वारा सुधारका निर्देशन

अ+ अ-

काठमाडौँ । विभिन्न विश्वविद्यालयका नवनियुक्त उपकुलपतिहरूले उच्च शिक्षालाई दलीय राजनीतिक प्रभावबाट मुक्त राख्दै प्राज्ञिक वातावरण, सुशासन र वित्तीय अनुशासन सुदृढ गर्ने साझा प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रधानमन्त्री वालेन्द्र शाहको उपस्थितिमा मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित छलफलमा विश्वविद्यालयहरूको वर्तमान अवस्था, चुनौती र सुधारका उपायबारे विस्तृत संवाद भएको थियो।

छलफलका क्रममा उपकुलपतिहरूले विश्वविद्यालय परिसरमा विद्यार्थी संगठनलगायत राजनीतिक गतिविधिलाई प्रोत्साहन नगर्ने तथा प्राध्यापक, कर्मचारी र विद्यार्थीलाई शैक्षिक, अनुसन्धानमुखी र अनुशासित वातावरणमा केन्द्रित गर्ने प्रतिबद्धता जनाएका छन्।

उनीहरूले प्रशासनिक, आर्थिक र प्राज्ञिक सुधारलाई प्राथमिकतामा राख्दै सुशासन, वित्तीय अनुशासन, बेरुजु फर्छ्योट र पारदर्शिता अभिवृद्धिका लागि साझा रूपमा काम गर्ने धारणा पनि व्यक्त गरेका छन्।

उच्च शिक्षामा समावेशी पहुँच विस्तार गर्न अध्ययनरत जेहेन्दार तथा लक्षित वर्गका विद्यार्थीका लागि कम्तीमा १० प्रतिशत छात्रवृत्ति सुनिश्चित गर्ने र उक्त व्यवस्था सम्बन्धनप्राप्त निजी कलेजहरूमा समेत अनिवार्य रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता बैठकमा व्यक्त गरिएको छ।

शैक्षिक गतिविधिलाई नियमित बनाउन विश्वविद्यालय अनुदान आयोगमार्फत स्वीकृत राष्ट्रिय शैक्षिक पात्रोलाई कार्यान्वयन गर्ने, त्यसअनुसार विश्वविद्यालय स्तरीय शैक्षिक क्यालेन्डर तत्काल लागू गर्ने तथा भर्ना, पठनपाठन, परीक्षा र परीक्षाफल प्रकाशन तोकिएको समयमै सम्पन्न गर्ने सहमति पनि भएको छ। परीक्षा सम्पन्न भएको बढीमा एक महिनाभित्र नतिजा सार्वजनिक गर्ने लक्ष्यसमेत उपकुलपतिहरूले अघि सारेका छन्।

छलफलमा उपकुलपतिहरूले विश्वविद्यालयहरूमा स्वीकृत दरबन्दीअनुसार जनशक्ति अभाव, अर्बौँ मूल्यका विश्वविद्यालयीय जग्गामा अतिक्रमण, सम्पत्तिको संरक्षणमा चुनौती, विश्वविद्यालयहरूबीच समन्वयको कमी तथा डिजिटल रूपान्तरण, अनुसन्धान र नवप्रवर्तनको विकासमा देखिएका समस्या प्रधानमन्त्रीसमक्ष प्रस्तुत गरेका थिए।

उपकुलपतिहरूको धारणा सुनेपछि प्रधानमन्त्री शाहले प्राज्ञिक सुधार, आर्थिक अनुशासन र सुशासनलाई केन्द्रमा राखेर काम गर्न निर्देशन दिएका छन्। उनले दीक्षान्त समारोहलाई काठमाडौँमा मात्र सीमित नराखी संघीयताको मर्मअनुसार सातै प्रदेशमा आयोजना गर्ने तयारी अघि बढाउन पनि निर्देशन दिए।

प्रधानमन्त्रीले विश्वविद्यालयहरूको बेरुजु घटाउने, अतिक्रमित जग्गा र सम्पत्ति संरक्षण गर्ने, अनधिकृत रूपमा प्रयोग भएका स्रोत–साधन फिर्ता ल्याउने तथा क्याम्पस परिसरमा सरसफाइ र व्यवस्थापनमा विशेष ध्यान दिन आग्रह गरे।

शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले पनि उपकुलपतिहरूलाई उच्च शिक्षा सुधारका लागि सात दिनभित्र स्पष्ट कार्ययोजना पेश गर्न निर्देशन दिएका छन्। उनले विश्वविद्यालयहरूबीच समन्वय र सहकार्यलाई सुदृढ गर्दै समग्र उच्च शिक्षा प्रणाली सुधारका लागि एकीकृत रूपमा अघि बढ्नुपर्ने आवश्यकता औँल्याए।

बैठकमा त्रिभुवन, पूर्वाञ्चल, पोखरा, मध्यपश्चिम, सुदूरपश्चिम, राजर्षि जनक तथा कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपकुलपतिहरू सहभागी थिए।

0 Comments